सेफ स्ट्रिट्स इनिसिएटिभ के हो?

Information
Slow Streets Greenway map

पोर्टल्यान्ड ब्युरो अफ ट्रान्सपोर्टेसन (पिबिओटी) ले कोभिड -१९ सार्वजनिक स्वास्थ्य संकटको जवाफ दिनका लागि सेफ स्ट्रिट्स इनिसिएटिभ नामक नयाँ कार्यक्रम सुरू गरेको छ। पिबिओटीले शहरको सडकमा अस्थायी परिवर्तन गरिरहेको छ जसले गर्दा मानिसहरूले हिड्न, मोटरसाइकल चलाउन, रोल गर्न, व्यवसाय गर्न र आफ्नो छिमेकमा बस्नका लागि लागि धेरै स्थान पाउन सक्छन।  

अहिले किन  

पिबिओटीले हाम्रो समुदायको स्वास्थ्य र आर्थिक सुधृढीकरणमा समर्थन गर्दछ। सार्वजनिक स्वास्थ्य संकटको बेलामा यी परिवर्तन खोजिनुमा तल उल्लेखित कारणहरु छन्:

  • मानिसहरुलाई अझै पनि यात्रा गर्न र आफ्नो काममा जान आवश्यक छ।

  • यो अग्रपंक्तिका कामदार, आपतकालिन सेवा प्रदान गर्ने व्यक्तिहरू र अन्य महत्चपूर्ण उधोगहरुका कामदारहरुका लागि सत्य छ।

  • पैदलयात्रीहरू र साइकल यात्रीहरूले भिडभाड फुटपाथ र सडकमा  सामाजिक दुरी कायम गर्न कठीन महसुस गर्न सक्छन्।

  • पोर्टल्याण्डका एक तीहाई हिस्सा अपार्टमेन्ट जस्ता न्युन वा कुनै पनि निजी खुला ठाउँ नभएका ठाउँमा बस्छन्। यसको अर्थ हाम्रो शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक पर्ने खेल्ने र आराम गर्ने ठाउँ नहुनु हो।

  • व्यापारका लागि सामाजिक दुरी सहज बनाउने तारिका आवश्यक पर्दछ।

  • यदि यी सार्वजनिक स्वास्थ्य दिशानिर्देश लागु भए पश्‍चात पनि घरमै-बस्ने आदेश समाप्त हुन्छ भने, यो महत्वपूर्ण हुन्छ। 


हामीलाई केले मार्गदर्शन गर्छ?

पिबिओटी कोरोनाभाईरसको प्रसार रोक्न र आर्थिक सुधारमा  मद्दत गर्न सार्वजनिक स्वास्थ्य बिशेषज्ञलाई सुनिरहेको छ। पिबिओटीले परिवर्तन भईरहेका अवस्थालाई  जवाफ दिनेछ, तर यो हाम्रो मार्गदर्शन गर्ने रणनीति हो::

  • मानिसहरुलाई घरैमा बस्न र जीवन रक्षा गर्न प्रेरित गर्नुहोस्।पिबिओटीले पोर्टल्याण्ड निवासीहरूको आवश्यक यात्राका लागि चाहिने  यातायात सेवा प्रदान गर्दछ। यसो गर्दा हामी यो सुनिश्चित गर्नेछौं की अधिक जोखिम भएका समुदायका सदस्यले सुरक्षितरुपले हिडडुल गर्ने बढी विकल्प पाउँन्।

  • आर्थिक सुधार  र पुन: लगानीका लागि तयारी गर्ने। पिबिओटीले  पोर्टल्याण्डका बिभिन्न समुदायहरू र महामारीले अत्यन्तै प्रभावित व्यवसाय तर्फ स्रोतसाधनहरू लैजान चाहन्छ।  यसले हाम्रो समुदायलाई अहिलेको लागि मात्र नभई चालु सुधारका लागि पनि सहयोग पुर्‍याउँदछ।

  • हाम्रा सडकहरुमा सामाजिक दुरी राख्न सहयोग गर्नुहोस्। भिडभाड भएको पुटपाथ र सडकमा  पिबिओटीले  सामाजिक दुरी कायम राख्न अधिक ठाउँ बनाउने छ।  यसमा व्यापारका लागि डेलिभरी र  कअपगर्न र आफ्ना ग्राहकहरुका लागि लाईन अप गर्नका लागि  अतिरिक्त स्थान  समावेश छ।

  • पोर्टल्याण्डको मान्यता र लक्ष्यसहित नेतृत्व गर्नु हामीले गर्ने हरेक काममा, पोबिओटीले हाम्रो शहरको लक्ष्यलाई समर्थन गर्न जारी राख्दछ।समानतालाई प्रोत्साहित गर्न  र वातावरणीय जटिलतालाई सम्बोधन गर्न 


यसले कसरी काम गर्छ। 

  • कम यातायातको साधन भएको शान्त  सडकहरु  पिबिओटीले हाम्रा न्युन यातायातको चाप भएका सडकहरुको (“नेबरहुड ग्रिनवेज” को रूपमा जानिन्छ) भागलाई “स्थानिय पहुँचमा-मात्र” परिवर्तन गर्नेछ। यसले ट्राफिकलाई अत्यावश्यक यात्रा र डेलिभरीमा सिमित गर्दछ। यसले यी सडकहरुलाई सबैको अधिक पहुँचका लागी सजीलो पार्दछ, जसले घर नजिकै रहेर पनि बाहिर निस्कन अधिक ठाउँ उपलब्ध हुन्छ। ।

  • सुरक्षित व्यस्त सडकहरु भिडभाड भएका फुटपाथसँगै व्यस्त सडकहरुमा, पिबिओटीले बढी ठाउँ प्रदान गर्न परिवर्तन गर्नेछ र मानिसहरुलाई ६ फीट दुरीमा हिड्न  सजिलो बनाउने छ।

  • स्वस्थ्य व्यापारिक डिस्ट्रिक्टस पिबिओटीले पिकअप र  डिलेभरीका लागि बढी स्थान प्रदान गर्नुका साथै ग्राहकहरूलाई आफ्नो किनमेल गर्न लाइनअप गर्नका लागि बढी स्थान प्रदान गरेर हाम्रा धेरैजसो व्यापार “मुख्य सडकहरु” लाई समर्थन गर्नेछ।

  • सहकार्यलाई प्रोत्साहन गर्नु  सधैं झैं पिबिओटीले  समुदायलाई सम्झाउने छ कि हाम्रा सडकहरु सबैका साझा हुन् चाहे तपाईं  हिड्नुहुन्छ,  बाइक चलाउनु हुन्छ, रोलिंग गर्नुहुन्छ वा सवारी चलाउनु हुन्छ।

  • सञ्चार यी परिवर्तनहरु संकटको बीचमा छिट्टै ल्याईएको छ। हामी तपाईंबाट सुन्न चाहन्छौं कि यी परिवर्तनले तपाईंलाई कसरी प्रभावित गरिरहेको छ र हामीले आफ्नो दृष्टिकोणलाई कसरी अगाडि बढाउन सक्छौं।


हामीलाई सम्पर्क गर्नुहोस्

यो कार्यक्रम कसरी सञ्चालन भईरहेको छ? तपाईं, तपाईंको व्यवसाय  वा तपाईंको समुदायलाई सामजिक दुरी कायम गर्न बढी ठाउँ चाहिने कुनै स्थान छ? 503-823-7233 मा कल गर्नुहोस् वा safe@portlandoregon.gov,मा ईमेल गर्नुहोस्।