घरको प्लम्बिङ र आफ्नो खानेपानीमा हुने लेड (Lead) सम्बन्धी महत्वपूर्ण जानकारी

Information
Graphic with a photo of a bend in a copper pipe on the right, a picture of water coming out of a faucet into a glass in the middle, and a vertical blue stripe with wavy lines on the right. A light brown icon with the white outline of a pipe overlays the middle picture and the blue stripe.
तपाईंको खानेपानीमा लेड कसरी पस्छ, तपाईंले पानीमा कसरी लेड परीक्षण गर्न र पानीमा लेड पर्ने सम्भावना न्यूनीकरण गर्न, र पानीमा लेड न्यूनीकरण गर्न वाटर ब्युरोले के गरिरहेको छ भन्ने जान्नुहोस्।
On this page

तपाईंले के कुरा जान्न आवश्यक छ

निश्चित प्रकारका प्लम्बिङ भएका केही घर वा भवनहरूको पानीमा लिडको मात्रा बढी हुन सक्छ। पिउने पानीमा लिडको स्तर घटाउन सन् 2022 मा हामीले प्रशोधनमा सुधार गर्यौँ। यो प्रशोधनले हाम्रो पानीको pH र क्षारीयता बढाउँछ।

तपाईंको खानेपानीमा हुने लेडसम्बन्धी महत्वपूर्ण जानकारी

पोर्टल्याण्ड पानी ब्यूरोले केही घर/भवनहरूको खानेपानीमा बढी मात्रामा सीसा भएको कुरा पत्ता लगायो । लेडले जटिल स्वस्थ समस्या गराउन सक्छ बिशेषगरी गर्भवती महिला र बालबालिकामा। आफ्नो खानेपानीमा लेडको मात्रा घटाउन तपाईं के गर्न सक्नुहुन्छ भन्ने कुरा थाहा पाउन कृपया यो सूचना राम्ररी पढ्नुहोस्।

लेडले स्वास्थ्यमा पार्ने असरहरू

खानेपानी वा अन्य श्रोतबाट हाम्रो शरीरमा लेड पसेमा गम्भीर स्वास्थ्य समस्याहरू सृजना हुन्छन्। यसले मस्तिष्क र मृगौला खराब गर्नुका साथै शरीरका सबै भागमा अक्सिजन पुर्याउने रातो रक्त कोषिकाहरूको उत्पादनमा बाधा सृजना गर्न सक्छ। लेड एक्सपोजर को ठुलो जोखिममा नवजात शिशु, साना बालबालिका र गर्भवति महिला हुनेछ। वैज्ञानिकहरूले मस्तिष्कमा लेडले पार्ने असरले बालबालिकाको IQ कम गर्छ भन्ने कुरा पत्ता लगाएका छन्। लेडको थोरै मात्राले पनि स्वस्थ वयस्कभन्दा मृगौलाको समस्या र उच्च रक्तचाप भएका वयस्कहरूलाई बढी असर गर्छ। लेड हड्डीमा भण्डारित हुन्छ र पछि बाहिर देखा पर्दछ। गर्भवती हुँदा, बालबालिकाले लेड गर्भवती महिलाको हड्डीबाट प्राप्त गर्छ जसले दिमाग विकासलाई असर गर्दछ।

लेडका श्रोतहरू

सामान्यतया लेड हाम्रो वातावरणको विविध स्थानहरूमा पाउन सकिन्छ। लेड हाम्रो पानीको स्रोतहरूमा बिरलै पाईने र मिटरसम्म लटड सेवा लाईन नभएता पनि लटड केही घरहरुमा भेट हुन सक्छ।

पोर्टल्याण्डमा, लेड पिउने पानिमा लेड भएका घरेलु पल्म्बिङ्ग पदार्थहरू खीईएर (पुरानो भएर) प्रवेश गर्न सक्छ। यस्ता पदार्थमा सामान्यतया १९७०-१९८५ मा बनाईएको वा प्लम्बिङ्ग गरिएको घरहरुमा तामाको पाईप जोड्न प्रयोग गरिएको लेडमा आधारित सोल्डर वा कीटका भाग वा धारा समावेश हुन्छ। पोर्टल्याण्डको पानी प्राकृतिक रुपमा खियाउने खालको भएकोले, पानी घरको पाईपहरुमा धेरै समय बस्ने हुनाले जस्तै रातभर वा जब मानिस काममा वा स्कुलमा जाँदा लेड पिउने पानीमा घुल्न सक्छ।

पोर्टल्याण्डमा, धेरै उच्च मात्रामा लिडको जोखिमका बढीजसो स्रोतहरू लिडजन्य रंगरोगन, घरायसी धूँलो, माटो, र प्लम्बिङ सामग्रीहरू हुन्। खेलौना, कस्मेटिक र भाँडाकुँडा जस्ता अन्य घरेलु वस्तुमा पनि लेड भेट्न सकिन्छ।

खानेपानीबाट लेडको संसर्ग कम गर्ने सरल उपायहरू:

  1. लिडबगाउनका लागि पानी चलाउनुहोस्। पानी धेरै बेरसम्म चलाइएको छैन भने पिउनु वा खाना पकाउनुअगाडि 30 सेकेन्डदेखि 2 मिनेटसम्म वा अलिक चिसो नहुन्जेलसम्म पानी बहाउनुहोस् ।
  2. खाना पकाउन र बच्चाको खानेकुरा तयार गर्न चिसो, स्वच्छ पानीको प्रयोग गर्नुहोस् । लेड तातो पानीमा सजिलै घुल्छ। बच्चाको खानेकुरा बनाउन धाराबाट आउने तातोको पानी प्रयोग नगर्नुहोस् ।
  3. सीसा हटाउन पानी नउमाल्नुहोस् । पानी उमाल्दैमा सीसा हट्दैन ।
  4. फिल्टरको प्रयोग गर्नुहोस् । सो फिल्टरले सीसा घटाउँछ वा घटाउँदैन जाँच्नुहोस्- सबै फिल्टरहरूले सीसा घटाउँदैनन् । पानीको गुणस्तर कायम गर्न उत्पादकको निर्देशन अनुसार फिल्टर चलाउनुहोस् र फेर्नुहोस्। प्रमाणित पानी फिल्टरहरूसम्बन्धी जानकारीको लागि NSF International को 800-NSF-8010 मा सम्पर्क गर्नुहोस्।
  5. आफ्नो बच्चाको परीक्षण गरेर सीसा छ वा छैन पत्ता लगाउनुहोस् । आफ्नो बच्चामा सीसा छ वा छैन कसरी जाँच्ने भन्ने बारेमा आफ्नो चिकित्सकलाई सोध्नुहोस् वा LeadLine मा टेलिफोन गर्नुहोस् । रगतको सीसाको मात्राको परीक्षण तपाईंको बच्चा सीसाको संसर्गमा आइरहेको छ वा छैन भन्ने कुरा जान्ने एक मात्र उपाय हो ।
  6. खानेपानी परीक्षण गरेर सीसा छ वा छैन पत्ता लगाउनुहोस् ।LeadLine बाट निशुल्क लेड-ईन-वाटर परिक्षण अर्डर गर्नुहोस्।
  7. आफ्नो टुटीको एरेटर नियमित रूपले जाँच्नुहोस् । सोल्डर र घरेलु प्लम्बिङको लेड तपाईंको धाराको टुटीको एरेटरमा रहेको हुन सक्छ। एक दुई महिनाको फरकमा एरेटर सफा गर्नुले सीसालाई हटाएर तपाईंको सीसासँगको संसर्ग कम गर्छ ।
  8. कम सीसा प्रयोग हुने उपकरणहरू खरिद गर्नुहोस् । 2014 सम्म आइ पुग्दा, सबै पाइप, फिटिङ तथा फिक्सरहरूमा 0.25% भन्दा बढी सीसा हुनु नहुने नियम छ । नयाँ फिक्सरहरू खरिद गर्दा अति न्यून लेड हुने फिक्सरहरू खोज्नुहोस्।

लिड परीक्षण

पोर्टल्याण्ड वाटर ब्युरोले प्रत्येक वर्ष दुई पटक लिड सोल्डर भएका 100 भन्दा बढी घरहरूको एउटा समूहबाट पानीको नमूना सङ्कलन गर्दछ। यी नतिजाहरूले भर्खरै खानेपानीमा लिडको मात्रा थेग्न सकिने लेभल नाघेकाले, लिडको लेभल घटाउन र खानेपानीमा हुने लिडबारे सर्वसाधारणलाई बुझाउन हामीले कदम चाल्यौँ।

खानेपानी प्रशोधन सुधार सन् 2022 मा सुरु भयो।

2013 देखि, हामीले घर वा भवनको प्लम्बिङबाट पानीमा पस्न सक्ने लिडको मात्रालाई थप घटाउने उपायहरू पहिचान गर्ने काम गरेका छौँ। 2016 मा हामीले Oregon Health Authority सँग हाम्रो खानेपानी प्रशोधन सुधार गर्नु नै यसलाई सम्बोधन गर्ने सबैभन्दा उत्तम विधि हो भनी सहमति गर्यौँ। हामीले सुधारिएको प्रशोधन जडान गर्यौँ र 2022 मा त्यसको प्रयोग गर्न थाल्यौँ। पानीको pH र क्षारीयता बढाएर, सुधारिएको प्रशोधनले प्लम्बिङ सामग्रीहरूमा हाम्रो पानीलाई लिडबाट अझ राम्रो जोगाउँछ। आफ्नो समुदायको स्वास्थ्यमा थप सहयोग पुर्याउन हामी यसलाई अनलाइनमा ल्याउन पाउँदा गर्वित छौँ।

तपाईंको संसर्ग कम गर्ने श्रोतहरू

खानेपानीमा लिडको जोखिम घटाउनुको अलावा, पोर्टल्याण्ड वाटर ब्युरोले लिडको जोखिमका सबै स्रोतहरूलाई कम गर्ने कार्यमा सहयोग गर्दछ।

  • लेडको विषाक्तता रोकथामसम्बन्धी कार्यशालाहरू
  • योग्य घरहरूमा जोखिम कम गर्ने कार्यक्रमहरू
  • आफ्ना ग्राहकहरूलाई पानीमा रहेको लेडको मात्राको जाँच गर्ने निःशुल्क उपकरणहरू

Contact the LeadLine: 503-988-4000.

हामीलाई 503-823-7525 मा कल गर्नुहोस्। आफ्नो घर/भवन वरिपरि लिडको जोखिम घटाउने र स्वास्थ्यमा लिडको असर बारेमा थप जानकारीका लागि, EPA को वेबसाइटमा जानुहोस् वा आफ्नो स्वास्थ्य सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस्।

पोर्टल्याण्ड सिटी अनुवाद, उल्था, परिमार्जन, समायोजन, वैकल्पिक ढाँचा, सहायक सहयोग, र सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ र उचित तरिकाले प्रदान गर्दछ। 503-823-7525 मा कल गर्नुहोस्, रिलेः 7-1-1

प्रकाशितः 02/2023

Contact

Water Quality Line

Ask drinking water quality and pressure questions.
phone number503-823-7525Monday - Friday, 8:30 am to 4:30 pm. Interpretation services available.
Back to top