ढल, सतहमा पग्ने पानी र खानेपानीको रकमका लागि क्रेडिट तथा डेबिट कार्ड बनाउन लाग्ने सेवा शुल्क

Information
Person holding a phone and a credit card on a couch. The right side of the image has an icon illustrating an alert symbol next to a hand holding a credit card.
पोर्टल्याण्ड सिटीको ढल, सतहमा पग्ने पानी र खानेपानीको रकमका लागि ग्राहकको क्रेडिट तथा डेबिट कार्ड बनाउन लाग्ने शुल्कका बारेमा बारम्बार सोधिने प्रश्नहरूको उत्तर हेर्नुहोस्।
On this page

यस वसन्त ऋतुदेखि सुरू हुने गरेर क्रेडिट वा डेबिट कार्ड प्रयोग गरी ढल, सतहमा पग्ने पानी र खानेपानीको रकम अनलाइन, फोन वा अटोपे (Autopay) मार्फत तिर्न प्रयोग गर्ने ग्राहकहरूले सेवा शुल्क तिर्ने छन्।यो शुल्क पोर्टल्याण्ड सिटीले नभइकन अनलाइन बिल भुक्तानीका प्रदायकले लिने छ।

यो शुल्क नतिर्नका निम्ति ग्राहकहरू आफ्नो बैंक खाताबाट सीधै इलेक्ट्रोनिक भुक्तानी गर्न सक्छन्।यसलाई अटोमेटेड क्लियरिङ हाउस (Automated Clearing House) वा ACH भुक्तानी भनिन्छ।ग्राहकहरूले अनलाइन वा फोनमार्फत ACH भुक्तानी गर्न सक्छन्।अटोपेका ग्राहकहरू पटक पटक सेवा शुल्क नतिर्न आफ्नो भुक्तानी विधि ACH मा परिवर्तन गर्न सक्छन्। नगद, चेक र मनी अर्डरका भुक्तानीहरू पनि निःशुल्क हुन्छन्।

प्रोसेसिङ शुल्क

कुन प्रकारका भुक्तानीहरूमा सेवा शुल्क लाग्छ?

सेवा शुल्क क्रेडिट कार्ड र डेबिट कार्ड भुक्तानीहरूमा मात्र लागू हुन्छन्।

क्रेडिट र डेबिट कार्डहरूको सेवा शुल्क कति छ?

तपाईंले क्रेडिट वा डेबिट कार्डबाट भुक्तानी गर्नुहुँदा सेवा शुल्क तपाईंको कारोबार रकमको 2.95% हन्छ।उदाहरणका लागि, तपाईंले आफ्नो क्रेडिट वा डेबिट कार्डबाट $100 भुक्तानी गर्नुभयो भने तपाईंले $2.95 शुल्क तिर्नु पर्ने छ। क्रेडिट वा डेबिट कार्डबाट भुक्तानी गर्दा न्यूनतम सेवा शुल्क $1.25 लाग्छ।

म कसरी सेवा शुल्क नतिर्न सक्छु?

सेवा शुल्क क्रेडिट र डेबिट कार्ड भुक्तानीहरूमा मात्र लागू हुन्छ।उक्त शुल्क नतिर्न अर्को भुक्तानी विधि प्रयोग गर्नुहोस्।

अटोपे सुविधा प्रयोग गर्दा मैले सेवा शुल्क तिर्नु पर्छ?

क्रेडिट वा डेबिट कार्डबाट तपाईंको अटोपे भुक्तानी गरिएको छ भने तपाईंबाट सेवा शुल्क लिइने छ।तपाईंले आफ्नो अटोपे गर्ने म्याद समाप्त हुने मितिभन्दा पहिले आफ्नो अटोपे भुक्तानी गर्ने विधिलाई ACH मा परिवर्तन गरेर उक्त शुल्क नतिर्न सक्नुहुन्छ।यसो गर्नका लागि हाम्रो बिलिङ वेबसाइटमा गई लगइन गर्नुहोस् र आफूले स्टोर गरिएको भुक्तानी विधि परिवर्तन गर्नुहोस्।तपाईंको भुक्तानी विधि परिवर्तन गर्ने विस्तृत निर्देशनहरू यस FAQ पृष्ठको तल दिइएका छन्।

आफ्नो खातामा लगइन गर्नुहोस्

क्रेडिट वा डेबिट कार्डबाट भुक्तानी गर्ने अधिकतम सीमा छ?

छ। प्रति कारोबार अधिकतम क्रेडिट वा डेबिट कार्ड भुक्तानी $10,000 हो।

तपाईंको स्टेटमेन्टमा सेवा शुल्क कसरी देखिने छ

सेवा शुल्क कसले उठाउँछ?

हाम्रो अनलाइन बिल भुक्तानी प्रदायक, इनभ्वाइस क्लाउड (Invoice Cloud) द्वारा सेवा शुल्क लिइन्छ र भुक्तानी गरिन्छ। पोर्टल्याण्ड सिटीले सेवा शुल्क तिरेको कुनै पनि पैसा प्राप्त गर्दैन।

मैले मेरो क्रेडिट कार्ड वा डेबिट कार्डबाट भुक्तानी गरिरहेमा मेरो स्टेटमेन्टमा ती शुल्कहरू कसरी देखिने छन्? मैले ढल, सतहमा पग्ने पानी र खानेपानीका लागि तिर्नु पर्ने नयाँ सेवा शुल्क तथा अन्य शुल्कको रकम एकै पटक तिर्ने गरेर जोडिन्छ?

तपाईंक्रेडिटवाडेबिटकार्डबाटभुक्तानीगर्नुहुँदातपाईंआफ्नोस्टेटमेन्टमादुईवटाछुट्टाछुट्टैकारोबारहरूदेख्नुहुनेछ। सेवाशुल्ककोरकमतपाईंकोस्टेटमेन्टमा “Invoice Cloud” कोरूपमादेखापर्नेछ। तपाईंकोबिलकोशुल्कतपाईंकोस्टेटमेन्टमा “Portland Water Bureau” कारूपमादेखापर्नेछ।

मैले ACH भुक्तानीहरूमा परिवर्तन गरेमा मेरो बैंक स्टेटमेन्टमा शुल्क कसरी देखा पर्ने छ?

तपाईंकोबिलकोशुल्कतपाईंकोस्टेटमेन्टमा “Portland Water Bureau” कारूपमादेखापर्नेछ।

फिर्ता गरिएका वा रद्द गरिएका भुक्तानीहरू

मैले मेरो क्रेडिट वा डेबिट कार्ड भुक्तानी रद्द गरेका खण्डमा मेरो सेवा शुल्क रकम पनि परिवर्तन हुने छ?

तपाईंले आफ्नो ढल, नहर र खानेपानीको बिल तिरेको भुक्तानी  रकम रद्द गर्नुभयो भने तपाईंले आफ्नो सेवा शुल्क फिर्ता वा उक्त शुल्कको क्रेडिट प्राप्त गर्नु हुने छैन।

तपाईंको भुक्तानी विधि अपडेट गरिँदै

बिलिङ वेबसाइटमा म कसरी मेरो अटोपे भुक्तानी विधिलाई ACH मा परिवर्तन गर्न सक्छु?

  1. आफ्नो खातामा लगइन गर्नुहोस्।
Screenshot showing the login screen for Water Bureau customer accounts with email and password fields completed
  1. Account Details स्क्रिनको माथिल्लो पट्टी रहेको Payment Options  चयन गर्नुहोस्। त्यसपछि ड्रप-डाउन मेनुबाट Auto Pay चयन गर्नुहोस्।
Screenshot of Water Bureau customer account with red arrow pointing to "Payment Options" menu and a second arrow pointing to "Auto Pay" on the menu drop-down
  1. Payment Method स्क्रिनमा Add New Bank  मा क्लिक र्नुहोस्।
Screenshot of Water Bureau customer account Saved Payment Methods page with a red arrow pointing to "Add New Bank"
  1. New Bank  फाराममा, ACH भुक्तानीहरू गर्न भनी प्रयोग गर्न चाहनुभएको बैंक खाताको जानकारी हाल्नुहोस्।
Screenshot of Water Bureau account page showing the fields to add a new bank account
  1. तपाईंले आफ्नो भुक्तानीसम्बन्धी जानकारी हालेपछि यसलाई तपाईंको अटोपे विधि बनाउन Default  कोछेउमा रहेको बक्समा क्लिक गर्नुहोस्। त्यसपछि तपाईंले परिवर्तन गर्नुभएको कार्य पूरा गर्न Save Bank Information  मा क्लिक गर्नुहोस्।
Screenshot of Water Bureau account page with a red arrow pointing to a checkbox next to a "Default" label above a "Save Bank Information" button

आफ्नो खातामा लगइन गर्नुहोस्

Contact

Portland Water Bureau Customer Service

Back to top