ढल, सतहमा पग्ने पानी र खानेपानीको रकमका लागि क्रेडिट तथा डेबिट कार्ड बनाउन लाग्ने सेवा शुल्क

Information
पोर्टल्याण्ड सिटीको ढल, सतहमा पग्ने पानी र खानेपानीको रकमका लागि ग्राहकको क्रेडिट तथा डेबिट कार्ड बनाउन लाग्ने शुल्कका बारेमा बारम्बार सोधिने प्रश्नहरूको उत्तर हेर्नुहोस्।

जुन 3, 2025 देखि क्रेडिट वा डेबिट कार्ड प्रयोग गरेर ढलआँधीबेहरीको पानी र पानीको बिल अनलाइनफोन वा अटोपेमार्फत भुक्तानी गर्ने ग्राहकहरूले प्रोसेसिङ शुल्क तिर्ने छन्। यो शुल्क पोर्टल्याण्ड सिटीले नभइकन अनलाइन बिल भुक्तानीका प्रदायकले लिने छ।

यो शुल्क नतिर्नका निम्ति ग्राहकहरू आफ्नो बैंक खाताबाट सीधै इलेक्ट्रोनिक भुक्तानी गर्न सक्छन्। यसलाई अटोमेटेड क्लियरिङ हाउस (Automated Clearing House) वा ACH भुक्तानी भनिन्छ। ग्राहकहरूले अनलाइन वा फोनमार्फत ACH भुक्तानी गर्न सक्छन्। अटोपेका ग्राहकहरू पटक पटक सेवा शुल्क नतिर्न आफ्नो भुक्तानी विधि ACH मा परिवर्तन गर्न सक्छन्। नगद, चेक र मनी अर्डरका भुक्तानीहरू पनि निःशुल्क हुन्छन्।

प्रोसेसिङ शुल्क

कुन प्रकारका भुक्तानीहरूमा सेवा शुल्क लाग्छ?

सेवा शुल्क क्रेडिट कार्ड र डेबिट कार्ड भुक्तानीहरूमा मात्र लागू हुन्छन्।

क्रेडिट र डेबिट कार्डहरूको सेवा शुल्क कति छ? 

तपाईंले क्रेडिट वा डेबिट कार्डबाट भुक्तानी गर्नुहुँदा शुल्क तपाईंको कूल कारोबार रकमको 2.95% हन्छ। न्यूनतम प्रोसेसिङ शुल्क $1.25 हो।

डलरमायसको अर्थ निम्न हुन्छ:  

  • $100 भुक्तानी = $2.95 शुल्क 
  • $ 250 भुक्तानी = $ 7.38 शुल्क 
  • $ 500 भुक्तानी = $ 14.75 शुल्क 

तपाईंले यी शुल्कहरू सीधै हाम्रो अनलाइन बिल भुक्तानी प्रदायक (इनभ्वाइस क्लाउड) लाई तिर्नु हुन्छ, सिटीलाई होइन।

म कसरी सेवा शुल्क नतिर्न सक्छु?

सेवा शुल्क क्रेडिट र डेबिट कार्ड भुक्तानीहरूमा मात्र लागू हुन्छ। उक्त शुल्क नतिर्न अर्को भुक्तानी विधि प्रयोग गर्नुहोस्।

अटोपे सुविधा प्रयोग गर्दा मैले सेवा शुल्क तिर्नु पर्छ?

क्रेडिट वा डेबिट कार्डबाट तपाईंको अटोपे भुक्तानी गरिएको छ भने तपाईंबाट सेवा शुल्क लिइने छ। तपाईंले आफ्नो अटोपे गर्ने म्याद समाप्त हुने मितिभन्दा पहिले आफ्नो अटोपे भुक्तानी गर्ने विधिलाई ACH मा परिवर्तन गरेर उक्त शुल्क नतिर्न सक्नुहुन्छ। यसो गर्नका लागि हाम्रो बिलिङ वेबसाइटमा गई लगइन गर्नुहोस् र आफूले स्टोर गरिएको भुक्तानी विधि परिवर्तन गर्नुहोस्। तपाईंको भुक्तानी विधि परिवर्तन गर्ने विस्तृत निर्देशनहरू यस FAQ पृष्ठको तल दिइएका छन्।

आफ्नो खातामा लगइन गर्नुहोस्

क्रेडिट वा डेबिट कार्डबाट भुक्तानी गर्ने अधिकतम सीमा छ?

छ। प्रति कारोबार अधिकतम क्रेडिट वा डेबिट कार्ड भुक्तानी $10,000 हो।

ग्राहकहरूले क्रेडिट र डेबिट कार्ड प्रोसेसिङ शुल्क किन तिर्नु पर्छ?

क्रेडिट र डेबिट कार्ड भुक्तानीको प्रोसेसिङ शुल्क हाम्रो अनलाइन बिल भुक्तानी प्रदायक इनभ्वाइस क्लाउड (Invoice Cloud) ले लिने छ। पोर्टल्याण्ड सिटीले सेवा शुल्क तिरेको कुनै पनि पैसा प्राप्त गर्दैन। पहिले सिटीले यी शुल्कहरू तिर्ने गर्दथ्यो।यसको मतलब सबै ग्राहकहरूले कार्ड प्रोसेसिङमा लागेको शुल्कको लागत ब्यहोर्नु थियो।

यी शुल्कहरू ब्यहोर्न असम्भव भएको छ। हालैका वर्षहरूमा सिटीको लागत प्रति वर्ष लगभग $1 मिलियनबाट बढेर $2 मिलियनभन्दा बढी पुगेको छ। क्रेडिट र डेबिट कार्डबाट भुक्तानी गर्ने ग्राहकहरूले आफ्नो शुल्क आफैँ तिर्दा आवश्यक सेवाहरूलाई सहायता गर्न सार्वजनिक डलर प्रयोग हुँदैन। हामी यी कोषहरू हाम्रो प्रणालीहरू कायम राख्न र सुधार गर्न र ग्राहकहरूलाई वित्तीय सहायता कार्यक्रमहरूमार्फत सहयोग गर्न प्रयोग गर्न सक्छौँ। 

तपाईंको स्टेटमेन्टमा सेवा शुल्क कसरी देखिने छ

सेवा शुल्क कसले उठाउँछ?

हाम्रो अनलाइन बिल भुक्तानी प्रदायक, इनभ्वाइस क्लाउड (Invoice Cloud) द्वारा सेवा शुल्क लिइन्छ र भुक्तानी गरिन्छ। पोर्टल्याण्ड सिटीले सेवा शुल्क तिरेको कुनै पनि पैसा प्राप्त गर्दैन।

म आफ्नो स्टेटमेन्टमा रहेको प्रोसेसिङ शुल्क कसरी चिन्न सक्छु?

तपाईं क्रेडिट वा डेबिट कार्डबाट भुक्तानी गर्नुहुँदा तपाईं आफ्नो स्टेटमेन्टमा दुई वटा छुट्टाछुट्टै कारोबारहरू देख्नु हुने छ। सेवा शुल्कको रकम तपाईंको स्टेटमेन्टमा “Invoice Cloud” को रूपमा देखा पर्ने छ। तपाईंको बिलको शुल्क तपाईंको स्टेटमेन्टमा “Portland Water Bureau” का रूपमा देखा पर्ने छ।

मैले ACH भुक्तानीहरूमा परिवर्तन गरेमा मेरो बैंक स्टेटमेन्टमा शुल्क कसरी देखा पर्ने छ?

तपाईंको बिलको शुल्क तपाईंको स्टेटमेन्टमा “Portland Water Bureau” का रूपमा देखा पर्ने छ।

फिर्ता गरिएका वा रद्द गरिएका भुक्तानीहरू

मैले मेरो क्रेडिट वा डेबिट कार्ड भुक्तानी रद्द गरेका खण्डमा मेरो सेवा शुल्क रकम पनि परिवर्तन हुने छ?

तपाईंले आफ्नो ढल, नहर र खानेपानीको बिल तिरेको भुक्तानी  रकम रद्द गर्नुभयो भने तपाईंले आफ्नो सेवा शुल्क फिर्ता वा उक्त शुल्कको क्रेडिट प्राप्त गर्नु हुने छैन।

तपाईंको भुक्तानी विधि अपडेट गरिँदै

अनलाइन भुक्तानी गर्दा ग्राहकको जानकारी सुरक्षित हुन्छ?  

हुन्छ। भुक्तानीहरू इनभ्वाइस क्लाउडमार्फत सुरक्षित रूपमा प्रोसेसिङ गरिन्छ। सिटीले ग्राहकहरूको भुक्तानी जानकारी भण्डारण वा एक्सेस गर्दैन।

तपाईंको भुक्तानी वेबसाइटमा मेरो बैङ्क खाताबाट ACH भुक्तानी गर्ने विकल्प मसँग किन छैन?

तपाईंको ढल, आँधीबेहरीको पानी र पानी बिलको खातामा दुई वा बढी भुक्तानीहरू पछिल्लो 12 महिनामा फिर्ता भएमा हामी तपाईंको बैङ्क खाताबाट भुक्तानीहरू स्वीकार गर्ने छैनौँ। यसमा तपाईंको चेकिङ वा बचत खाताबाट व्यक्तिगत चेक वा इलेक्ट्रोनिक भुक्तानीहरू समावेश हुन्छन्। हामी निम्न भुक्तानी विधिहरू मात्र स्वीकार गर्ने छौँ:

  • नगद
  • मनी अर्डर
  • क्यासियरको चेक
  • क्रेडिट कार्ड

तपाईंलाई कुनै प्रश्नहरू सोध्नु पर्ने भएमा ग्राहक सेवामा सम्पर्क गर्नुहोस्।  

मेरो खाता निष्क्रिय भएको खण्डमा म कसरी मेरो अटोपे परिवर्तन गर्न सक्छु?

निष्क्रिय खातामा भुक्तानी विधि हटाउन वा स्वतः अटोपेको स्थिति अपडेट गर्न ग्राहक सेवा विभागमा pwbcustomerservice@portlandoreg… इमेल वा 503-823-7770 नम्बरमा सम्पर्क गर्नुहोस्।

तपाईंको अटोपे भुक्तानीसम्बन्धी जानकारी अनलाइन अपडेट गर्न तपाईंको खाता अनिवार्य रूपमा सक्रिय हुनु पर्छ र कम्तीमा एक पटक बिल गरिएको हुनु पर्छ। तपाईंको खाता सक्रिय भएपछि र बिल तिरी सकेपछि तपाईं बिलिङ वेबसाइटमा आफ्नो भुक्तानीसम्बन्धी जानकारी अपडेट गर्न सक्नुहुन्छ। यस FAQ पेजको तल दिइएका निर्देशनहरू पालना गर्नुहोस्।

बिलिङ वेबसाइटमा म कसरी मेरो अटोपे भुक्तानी विधिलाई ACH मा परिवर्तन गर्न सक्छु?

  1. आफ्नो खातामा लगइन गर्नुहोस्।
  1. Account Details स्क्रिनको माथिल्लो पट्टी रहेको Payment Options  चयन गर्नुहोस्। त्यसपछि ड्रप-डाउन मेनुबाट Auto Pay चयन गर्नुहोस्।
  1. Payment Method स्क्रिनमा Add New Bank  मा क्लिक र्नुहोस्।
  1. New Bank  फाराममा, ACH भुक्तानीहरू गर्न भनी प्रयोग गर्न चाहनुभएको बैंक खाताको जानकारी हाल्नुहोस्।
  1. तपाईंले आफ्नो भुक्तानीसम्बन्धी जानकारी हालेपछि यसलाई तपाईंको अटोपे विधि बनाउन Default  को छेउमा रहेको बक्समा क्लिक गर्नुहोस्। त्यसपछि तपाईंले परिवर्तन गर्नुभएको कार्य पूरा गर्न Save Bank Information  मा क्लिक गर्नुहोस्।

आफ्नो खातामा लगइन गर्नुहोस्

Contact

Portland Water Bureau customer service

Back to top