Translate this Page
तपाईंको धाराको पानी पिउनका लागि सुरक्षित छ।
अगस्ट 24 तारीख बिहीबार राती लगभग 10:30 बजे बुल रन जलाधारमा चट्याङ लागेर भयङ्कर ठूलो आगलागी भयो।
वाटर ब्यूरोले निरन्तर रूपमा पानीको गुणस्तर निगरानी गर्छ र ब्यूरोले अझैसम्म आगोसँग सम्बन्धित कुनै पनि असर पत्ता लगाउन सकेको छैन।
बुल रनबाट बग्ने पानीको गुणस्तर जहिल्यै पनि कडाईका साथ निगरानी गरिन्छ।
समुदायले समय समयमा अपडेट गर्नका लागि समाचारहरूको निरन्तर अनुगमन गर्नुपर्छ।
आगलागीले हाम्रो पानी आपूर्ति हुने ठाउँमा तुरुन्तै असर भने पुर्याउदैँन।
यी कुराहरूको जानकारी लिनु महत्त्वपूर्ण रहेको छ। आपतकालिन अवस्थाहरूका लागि तयार रहनुहोस् र आपतकालीन अवस्थाबाट बच्ने उपायहरूमा पहुँच छ भनेर सुनिश्चित गर्न ती क्षेत्रबाट टाढा नै बस्नुहोस्।
पानीको गुणस्तर तथा आपूर्ति र यस घटना र अन्य पानीसँग सम्बन्धित समाचारहरूको बारेमा रहेका सबैभन्दा नयाँ जानकारी प्राप्त गर्न X (Twitter) र Facebook र हाम्रो वेबसाइट, Portland.gov/water मा "Water Bureau" फलो गर्नुहोस्।
आगोको खरानी परेको बेलामा पानीको गुणस्तरमा खतरा हुने अनुमान गरिएको छैन।
ब्यूरोले संवेदनशील डिजिटल उपकरणहरू प्रयोग गरेर चौबीसै घण्टा सानो कण र धूलोको कारणले पानी धमिलो हुने कारणको निगरानी गर्छ र अझै पानीको धमिलोपनामा कुनै असर भएको तथ्य पत्ता लगाएको छैन।
वाटर ब्यूरोले पानीको सहतमुनिबाट झिकेको नमुना पानीमा खरानी सम्भवतः धेरै पातलो तह बनेर बसेको हुन्छ। जलाधार नजिकै विगतमा आगलागी हुँदा खरानीले पानीको गुणस्तरमा मापन गर्न सक्ने असर पारेको थिएन।
जलाशयको छेउमा आगो निभाउने वस्तुहरूको प्रयोग गरिएमा पोर्टल्यान्ड वाटर ब्यूरोले यसबाट हुनसक्ने सम्भावित प्रदूषणहरूको कडाइका साथ निगरानी गर्नेछ।
जङ्गलमा नै पानीको जलाधार भएको अवस्थामा त्यहाँको पिउने पानी सबैभन्दा राम्रो गुणस्तरको हुन्छ भन्ने कुरा सुनिश्चित हुन्छ। वन सेवाले जलाधारमा सबै कुरा विनाश गर्ने आगलागी रोक्न आगो निभाउने वस्तुहरूको अनिवार्य रूपमा प्रयोग गर्नुपर्छ भन्ने निर्णय गरेको खण्डमा मुल्नोमाह काउन्टी हेल्थ डिपार्टमेन्टले आगो निभाउने वस्तुमा राख्नुपर्ने तत्वहरू (85 प्रतिशत पानी, 10 प्रतिशत मल र पाँच प्रतिशत साना सामग्री) र दोस्रो, जलाशयहरूमा अरबौं ग्यालन पानीले मिसिएका कारण मानव स्वास्थ्यको लागि जोखिम सबैभन्दा पहिला धेरै कम हुने कुरा निर्धारण गरेको छ।
पोर्टल्याण्ड वाटर ब्यूरोले आगलागी हुनसक्ने कुराको बारेमा पहिलो पटक चेतावनी दिएको समयदेखि नै यस्ता किसिमका आगो निभाउने जिम्मेवार निकायहरूसँग नजिकबाट काम गरिरहेको छ।
एजेन्सीमा अमेरिकी वन सेवा, ओरेगन वन विभाग र स्थानीय आगलागीसम्बन्धी विभागहरू समावेश भएको हुन्छ। पोर्टल्याण्ड वाटर ब्यूरोले आगोको व्यवस्थापनलाई पूर्ण रूपमा सहयोग गर्न संयुक्त आगलागी नियन्त्रण कमाण्डसँग काम गरिरहेको छ।
पोर्टल्यान्ड वाटर ब्यूरोको आगो निभाउने काममा प्रत्यक्ष भूमिका छैन तर यस संस्थाले यस क्षेत्रमा लागेको आगो नियन्त्रण कार्यमा वन सेवालाई सहयोग गर्न जलाधार, हाम्रा सुविधा र सञ्चालनहरू बारेमा महत्त्वपूर्ण जानकारी प्रदान गर्छ।
Above is the essential information about the quality of your drinking water. This information is not a translation of all the content available in English.