Portland मा ताप लहर चल्दा शीतल र सुरक्षित रहनुहोस्

Information
अत्यधिक ताप र गर्मी मौसममा कसरी शीतल रहने । चिस्यान केन्द्र, फाउन्टेन, स्प्ल्यास प्याड र पौडी खेल्ने ठाउँहरू खोज्नुहोस् । आफ्नो घरलाई शीतल राख्नुहोस् । आफ्ना छिमेकीहरूकोमा सोधखोज गर्नुहोस् । पर्याप्त पानी पिउनुहोस् ।

शीतल ठाउँखोज्नुहोस्

अत्यधिक गर्मीमा, Multnomah County र City of Portland ले शीतल स्थानहरू खोल्ने छन् , जस्तै: 

  • चिस्यान केन्द्रहरू
  • शीतल आश्रयस्थलहरू
  • सामुदायिक केन्द्रहरू
  • पुस्तकालयहरू
  • वाफयुक्त स्टेसनहरू

पूर्ण सूची यहाँ फेला पार्नुहोस्:  Multnomah County को वेबपेज "Help for when it's hot.

यस  अन्तरक्रियात्मक नक्सामा आफू नजिक रहेका शीतल स्थानहरू खोज्नुहोस् ।

गर्मी मौसममा TriMet सेवामा ढिलाइ हुन सक्छ । यहाँ गई TriMet, MAX र WES का कार्यसञ्चालनहरूका बारेमा जानकारी लिनुहोस्: trimet.org/heat.

शीतल स्थानहरूका बारेमा थप जानकारीका लागि 211 मा सम्पर्क गर्नुहोस्:

  • 211 वा 1-866-698-6155 डायल गर्नुहोस्
  • TTY: 7-1-1 डायल गर्नुहोस् र 1-866-698-6155 मा कल गर्नुहोस्
  • सोम-शुक्र बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म 898211 (TXT211) मा आफ्नो जिप कोड टेक्स्ट गर्नुहोस् ।
  • help@211info.org मा इमेल पठाउनुहोस् – 24 घण्टाभित्र जवाफ प्राप्त हुन्छ
  • Apple App Store बाट 211info एप वा Google Play Store बाट Android संस्करण डाउनलोड गर्नुहोस् ।

Washington County मा शीतल ठाउँहरू खोज्नुहोस् ।

Clackamas County मा शीतल ठाउँहरू खोज्नुहोस् ।

पानीले छ्याप्नेठाउँ खोज्नुहोस्

पोर्टल्याण्ड पार्क तथा मनोरञ्जन (Portland Parks & Recreation) ले अन्तरक्रियात्मक फोहराहरू सञ्चालन गर्दछ । यो गर्मीभरि रहन्छ । त्यहाँ खेल्न सकिन्छ ! हामी स्कुल लाग्ने अन्तिम दिनपछि पनि स्प्ल्यास प्याडहरू सुचारु गर्दछौँ 

फाउन्टेन र स्प्ल्यास प्याड खुल्ने स्थान र समयहरू पत्ता लगाउनुहोस् ।

गर्मीको कारणले प्रभावित हुन सक्ने अन्य Portland Parks & Recreation कार्यक्रमहरूको विस्तृत विवरणका लागि Portland Parks & Recreation का मौसमसम्बन्धी अपडेटहरू हेर्नुहोस् ।

पौडी खेल्नेठाउँ खोज्नुहोस्

Portland Parks & Recreation का चार वटा इन्डोर पौडी पोखरी र सात वटा आउटडोर पोखरीहरू सञ्चालनरत छन् । आउटडोर पौडी पोखरीहरू जुनको अन्त्यतिर खुल्छन् । 

Willamette र Columbia नदीहरूमा पौडी खेल्नु रमाइलो र स्फूर्तिदायक हुन सक्छ । होसियार रहनुहोस् ! डुब्नुका आम कारणहरूमा धेरै चिसो पानी, नदीको उच्च सतह, पानी तीव्र गतिमा बग्ने र भलबाढी र  पानीले बगाएर ल्याएका डङ्गुरहरू हुन् ।

 Portland का नदीहरूमा पौडी खेल्ने नामक पृष्ठमा गई पानीको पहुँच भएका पार्कहरू र सुरक्षासम्बन्धी महत्त्वपूर्ण जानकारी प्राप्त गर्नुहोस् ।

Willamette नदीमा पौडिने योजना बनाउँदै हुनुहुन्छ ? रेकर्ड जाँच गर्नुहोस् ! हामी Willamette का धेरै स्थानहरूमा पानीको गुणस्तर परीक्षण गर्छौं र साप्ताहिक रूपमा नतिजा पोस्ट गर्छौं । रेकर्ड हेर्नुहोस् नामक पृष्ठमा गई थप जानकारी लिनुहोस् ।

आफ्नो घरलाईशीतल राख्नुहोस्

कूलिंग पोर्टल्याण्ड (Cooling Portland) कार्यक्रमले कमजोर अवस्थाका विपन्न Portland निवासीहरूलाई प्रभावकारी पोर्टेबल हिटिङ/कुलिङ युनिटहरू वितरण गर्दछ । तपाईंको अवस्थाअनुसार तपाईं कुलिङ युनिटका लागि योग्य हुन सक्नुहुन्छ । युनिट प्राप्त गर्नका लागि प्रतीक्षा सूची हुन्छ । Cooling Portland का बारेमा थप जानकारी लिनुहोस् र कुलिङ युनिटका लागि आवेदन दिनुहोस्

तपाईं ओरेगन स्वास्थ्य योजना (Oregon Health Plan) मा सामेल हुनुहुन्छ भने तपाईं एयर कन्डिसनरका लागि पनि योग्य हुन सक्नुहुन्छ । Oregon Health Plan को जलवायु सहायता कार्यक्रमका बारेमा थप जानकारी लिनुहोस् ।

एयर कन्डिसनिङबिना शीतल गराउने बारेमा ओरेगन नागरिक उपयोगिता बोर्ड (Oregon Citizens’ Utility Board) का यी सुझावहरू हेर्नुहोस् ।

याद राख्नुहोस्, पोर्टेबल एयर कन्डिसनरहरू सिधै भित्तामा रहेका आउटलेटहरूमा मात्र जोड्नु पर्छ । एक्स्टेन्सन कर्ड वा सर्ज प्रोटेक्टर प्रयोग गर्दा आगो लाग्न सक्छ किनभने तिनीहरू पोर्टेबल युनिटलाई सुरक्षित रूपमा पावर दिन पर्याप्त रेटिङ गरिएको हुँदैनन् । राम्रो अवस्थामा रहेको नयाँ कर्ड पनि धेरै तातिएर आगो लाग्न सक्छ । साथै, युनिटको तारलाई कार्पेटमुनि वा भित्तामा नछिराउनुहोस् । यसले अत्यधिक तातो पनि हुन सक्छ र विद्युतीय तारलाई ज्वलनशील पदार्थहरूको सम्पर्कमा ल्याउन सक्छ । आगलागी हुन नदिनका लागि थप सुझावहरू पढ्नुहोस् ।

परिवार, साथीभाइर छिमेकीहरूको सोधखोज गर्नुहोस्

स्वास्थ्य समस्या भएका, एकदम कलिका वा धेरै वृद्ध उमेरका मानिसहरूलगायतका केही मानिसहरू कुनै पनि गर्मीमा बढी जोखिममा हुन्छन् ।

हालसालैका वर्षहरूमा, एक्लै बस्ने र एयर कन्डिसनिङ नभएका मानिसहरू बिरामी र मृत्यु हुने दर उच्चतम रहेको छ । एक्लै बस्ने छिमेकी, परिवारजन तथा साथीहरूसँग सम्पर्क गर्नुहोस् ।

आश्रय नभएका छिमेकीहरू विशेष गरी अत्यधिक गर्मीको जोखिममा हुन्छन् । उनीहरूको पनि सोधखोज गर्नुहोस् । Portland Street Response वा अन्य आपत्कालीन उद्धारकर्ताहरूबाट कल्याण जाँचको अनुरोध गर्न 911 मा कल गर्नुहोस् ।

सुरक्षित र स्वस्थ रहनका लागि सहायता सेवा र सुझावहरू प्राप्त गर्नका लागि PublicAlerts को Extreme Heat पृष्ठमा जानुहोस् ।

सामानहरू नजलाउनुहोस्

पटाका नपड्काउनुहोस् । City of Portland मा वर्षैभरि पटाका प्रतिबन्धित छ

ताप लहर चल्ने समयमा Fire Marshal ले जलाउन प्रतिबन्ध आदेश जारी गर्न सक्छ । जलाउन प्रतिबन्ध आदेशले सामान्यतया निम्न कुराहरू निषेध गर्दछ:

  • मनोरञ्जनात्मक क्याम्पफायर
  • फायर पिट
  • आँगनको फोहोर जलाउने
  • कृषिजन्य सामग्री जलाउने
  • खुला रूपमा जलाउने

Portland मा जलाउन प्रतिबन्ध आदेशका बारेमा थप जानकारी लिनुहोस् ।

Multnomah County मा घरबाहिर आगो बाल्ने, दाउरा बाल्ने चुल्हो र फायरप्लेसहरूका बारेमा जानकारी लिनुहोस् ।

पानी पिउनुहोस्

Portland को धाराको पानी संसारकै उत्कृष्ट पानीमध्ये एक हो । दिनभरि प्रशस्त पानी पिउनुहोस् । बाहिर निस्कनुअघि वा कार चढ्नुअघि पुन: प्रयोग गर्न मिल्ने पानीका बोतलहरूमा धाराको पानी भरेर पैसा बचत गर्नुहोस् र प्लास्टिकको प्रयोग घटाउनुहोस् । आफ्ना घरपालुवा जनावरहरूको पानीको भाँडो नियमित रूपमा भर्नुहोस् । हाम्रा ऐतिहासिक Benson Bubblers र अन्य पिउने पानीका फोहराहरू सुचारु छन् र चौबीसै घण्टा सुरक्षित, चिसो पिउने पानी प्रदान गरिरहेका छन् ।

गर्मीमा शीतलरहनुहोस्विभिन्न भाषाहरूमा भिडियोहरू

गर्मीमा शीतल रहने यी उत्कृष्ट तरिकाहरूको बारेमा भिडियोहरू हेर्नुहोस् । पोर्टल्याण्ड को आपत्काल व्यवस्थापन ब्यूरो (Portland’s Bureau of Emergency Management) द्वारा जारी गरिएको ।

ताप लहर चल्ने समयमा याद राख्नु पर्नेकुराहरू

Contact

PDX 311 Customer Service Program

phone number311Information and Customer Service
phone number503-823-4000Every day, 7 a.m. to 8 p.m. (excluding federal holidays) Interpretation available | Interpretación disponible | Phiên dịch có sẵn | 提供口译服务 | Доступна интерпретация | Tafsiir la heli karo | Доступний переклад
Oregon Relay Service711Oregon Relay Service

Follow on Social Media

Back to top