Translate this Page
5 - 10 मिनेट
तपाईंको अवस्थामा आउटडोर डाइनिङ पर्मिट ठीक छ कि छैन भनेर निर्धारण गर्नुहोस्
आउटडोर डाइनिङ पर्मिट्स भयो भने व्यवसाय र संस्थाहरूले फुटपाथ वा सडकमा निरन्तर व्यवसाय चलाउन पाउँछन्।
सबै आउटडोर डाइनिङ पर्मिट होल्डरहरूले PBOT को डिजाइनका आवश्यकताहरू र पर्मिटका अवस्थाहरू पालना गर्नु पर्दछ। कृपया आवेदन दिनुअघि तिनीहरूको समीक्षा गर्नुहोस्।
तपाईंको सार्वजनिक आधिकारिक बाटोको प्रयोग निर्धारण गर्नुहोस्
सार्वजनिक आधिकारिक बाटो रेस्टुरेन्ट टेबल र कुर्सी, प्रतीक्षा क्षेत्र, खुला स्थान, अस्थायी पेसियो वा प्लाजा वा तपाईंसँग हुन सक्ने अन्य सेवा र रचनात्मक प्रयोगहरूका लागि प्रयोग गर्न सकिन्छ।
छिमेकी व्यवसाय र संस्थाहरूसँग मिल्नुहोस्
तपाईंका छिमेकीहरूलाई पनि सार्वजनिक आधिकारिक बाटो चाहिन्छ कि चाहिँदैन भन्नेबारे बुझ्नुहोस्। तपाईंलाई कति ठाउँ चाहिन्छ र सार्वजनिक आधिकारिक बाटो कसरी प्रयोग गर्न सकिन्छ भनी निर्धारण गर्न यी अन्य व्यवसाय वा संस्थाहरूसँग काम गर्नुहोस्। ≥ ≤
तपाईंका छिमेकीहरूलाई पनि सार्वजनिक आधिकारिक बाटो चाहिन्छ कि चाहिँदैन भन्नेबारे बुझ्नुहोस्। तपाईंलाई कति ठाउँ चाहिन्छ र सार्वजनिक आधिकारिक बाटो कसरी प्रयोग गर्न सकिन्छ भनी निर्धारण गर्न यी अन्य व्यवसाय वा संस्थाहरूसँग काम गर्नुहोस्।
शुल्कको तालिका
2024 चक्रका लागि आवेदन र पर्मिट शुल्कहरू:
आवेदनको प्रकार | अनुमति शुल्कहरू |
---|---|
साइडवाक क्याफे (Sidewalk Café) 12 महिना | आवेदन शुल्क: $450* अनुमति शुल्क: $350* अनुमति क्षेत्रः प्रति रेखीय फुट $9 |
सीजनल स्ट्रिट सिट मेदेखि अक्टोबरसम्म | आवेदन शुल्क: $450* अनुमति शुल्क: $350* अनुमति क्षेत्र: प्रति पार्किङ क्षेत्र $400 |
प्लेटफर्म अन्यूअल सहितको स्ट्रिट सिट 12 महिना | आवेदन शुल्क: $450* अनुमति शुल्क: $350* अनुमति क्षेत्र: प्रति पार्किङ क्षेत्र $750 |
प्लेटफर्म र रूप अन्यूअल सहितको स्ट्रिट सिट 12 महिना | आवेदन शुल्कः $750* अनुमति शुल्क: $350* अनुमति क्षेत्र: प्रति पार्किङ क्षेत्र $1000 |
बीमा समीक्षा शुल्क - $48.06*
अनुमति परिवर्तन शुल्क - $150*
साइट पुनः निरीक्षण शुल्क्क - $150*
*ARPA कोषमा अनुदान दिइने शुल्कहरूलाई जनाउँछ
आफ्नो जानकारी जम्मा गर्नुहोस्
पर्मिट आवेदन पूरा गर्न, तपाईंलाई निम्न जानकारी आवश्यक पर्ने छ:
- आवेदनका लागि जिम्मेवार व्यक्तिको सम्पर्क जानकारी
- तपाईंले आवेदन दिन लाग्नुभएको स्थानको मेलिङ ठेगाना र ठेगानासहित व्यवसाय वा संस्थाको आधारभूत जानकारी
- स्थानका लागि योजनाहरूको केही उपाय: तपाईं कस्तो स्थानका लागि अनुरोध गर्दै हुनुहुन्छ? यसमा तपाईं के-के राख्न चाहनुहुन्छ? स्थानको आयाम कति छ?
- इच्छित पर्मिट सुरु हुने मिति
तपाईंले प्रयोग गर्न चाहेको स्थान (नयाँ आवेदन दिने हो भने) वा आफ्नो स्थापना (नवीकरण गर्ने हो भने) को हालका फोटोहरू पनि बुझाउनु पर्ने छ। Google Street View का छविहरू स्वीकार गरिने छैनन्। कृपया निम्न कुराहरू समावेश गर्नुहोस्:
- सडक पारबाट साइटको फोटो
- नजिकैको चौबाटोबाट साइटको फोटो
- भवनको अगाडिदेखि कर्बसम्मको फुटपाथ देखाउने फोटो
पर्मिट प्रक्रियामा ढिलाइ नहोस् भन्नका लागि, तपाईंलाई अनलाइन आवेदन दिँदा फोटोहरू संलग्न गर्न सिफारिस गरिन्छ। तपाईंले आवेदन दिँदा फोटोहरू बुझाउनु सक्नुभएन भने इमेलमार्फत पनि बुझाउन सक्नुहुन्छ। तपाईं यो आवश्यकतामा सहायता चाहिएमा, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
अनलाइन आवेदन दिनुहोस्
2024 चक्रका लागि मान्य हालको आउटडोर डाइनिङ पर्मिटका लागि आवेदन दिनुहोस्:
आउटडोर डाइनिङ पर्मिटका लागि आवेदन दिनुहोस्
तपाईंले आवेदन दिएपछि
तपाईंले आवेदन बुझाउनुभएपछि, आउटडोर डाइनिङ टोली सदस्य अनुमति प्रक्रिया पूरा हुँदासम्म तपाईंको सम्पर्कमा रहनु हुने छ। PBOT ले आवेदकहरूलाई पर्मिटका आवश्यकताहरू पूरा गरेको सुनिश्चित गर्न सक्दो सहायता गर्ने छ।
तपाईंको पर्मिट आवेदनको प्रक्रिया पूरा गर्ने चरणहरू
- आफ्नो आवेदन शुल्क भुक्तानी गर्नुहोस्। आउटडोर डाइनिङ टोली सदस्यले तपाईंले आवेदन दिएपछि कसरी आवेदन र पर्मिट शुल्कहरू भुक्तानी गर्ने भन्नेबारे तपाईंलाई जानकारी पठाउनु हुने छ। कुनै पनि परिस्थितिमा आवेदक शुल्कहरू फिर्ता गर्न मिल्दैन। कृपया हामीलाई चेक नपठाउनुहोस्।
- कुनै पनि छुटेको वा थप जानकारी बुझाउनुहोस्। तपाईंको पर्मिट टेक्निसियनले तपाईंको आवेदनको प्रक्रियामा तपाईंले अरू के-के बुझाउनु पर्छ भन्ने बारेमा तपाईंलाई बताउनु हुने छ। यसमा निम्न समावेश हुन सक्छ:
- छुटेको जानकारी। तपाईंले आफ्नो आवेदनसँग फोटोहरू अपलोड गर्न सक्नुभएको थिएन भने हामी तपाईंलाई अहिले इमेलमार्फत बुझाउन अनुरोध गर्ने छौँ।
- बीमाको प्रमाण।
- तपाईंको छिमेकीबाट सहमति फाराम (लागूयोग्य भएमा)।
- निरीक्षणका लागि उपलब्ध हुनुहोस्। प्रस्तावित साइटमा प्रत्यक्ष उपस्थित भई निरीक्षण गर्नुपर्ने हुन सक्छ।
- आफ्नो पर्मिट शुल्क भुक्तानी गर्नुहोस् र उद्धार योजना रिपोर्टिङ फाराम पूरा गर्नुहोस्। अन्य सबै चरण पूरा भएपछि, आउटडोर डाइनिङ टोली सदस्यले अन्तिम चरणहरूका लागि तपाईंलाई सम्पर्क गर्नु हुने छः
- आउटडोर डाइनिङ टोली सदस्यले तपाईंलाई दिएका चरणहरू पछ्याएर आफ्नो पर्मिट शुल्क भुक्तानी गर्नुहोस्। तल रिफण्ड नीति हेर्नुहोस्।
- उद्धार योजना रिपोर्टिङ फाराम पूरा गर्नुहोस्। पोर्टल्याण्ड सहर (City of Portland)ले यी वित्त कोषको हाम्रो प्रयोगबारे संघीय रिपोर्टिङका लागि उद्धार योजनाद्वारा वित्त पोषित कार्यक्रम, सेवा र सहायता प्राप्तकर्ताहरूबाट जनसाङ्ख्कीय जानकारी अनुरोध गर्न आवश्यक छ। यसका साथै, हामी हाम्रा सेवाहरू समुदायको व्यापक खण्डमा पुग्ने कुरा सुनिश्चित गर्नका लागि यो जानकारी प्रयोग गर्न सक्छौँ। तपाईंका प्रतिक्रियाहरू तपाईंको पर्मिट आवदेनबाट अलग्गै भण्डार गरिने छ र तपाईंको आवदेन मूल्याङ्कन गर्न प्रयोग गरिने छैन। हामीले तपाईंको पर्मिट जारी गर्नुअघि तपाईंले फाराम पूरा गर्नुपर्ने भएकाले प्रत्येक जनसाङ्ख्यिकीय प्रश्नमा “म खुलासा गर्न चाहन्नँ” विकल्प उपलब्ध छ।
- आफ्नो पर्मिट प्राप्त गर्नुहोस्।
रिफण्ड नीति
कुनै पनि परिस्थितिमा आवेदक शुल्कहरू फिर्ता गर्न मिल्दैन।
पर्मिट शुल्कहरू सामान्यतया फिर्ता गर्न मिल्दैन। यद्यपि, दुर्लभ परिस्थितिहरूमा कर्मचारीहरूले सक्रिय क्षेत्रका अवस्थाहरूका आधारमा पर्मिट घटाउन वा रद्द गर्न आवश्यक पर्न सक्छ। ती अवस्थाहरूमा, व्यवसायहरूमा पर्ने प्रभाव कम गर्न सबै प्रयास गरिने छ र आवश्यक भएमा पर्मिट शुल्कको यथानुपात रिफण्ड जारी गरिने छ।
PBOT ले तपाईंको हेल्दी बिजनेसेस पर्मिट रिफण्डका लागि योग्य छ भनी निर्धारण गर्छ भने हेल्दी बिजनेसेस टोली सदस्यले यसबारे तपाईंलाई सूचित गर्नु हुने छ। सूचनामा साइट खाली गर्नुपर्ने मिति समावेश हुने छ। रिफण्ड प्रक्रिया सुरु गर्न, तपाईंले साइट खाली गरिसकेपछि आफ्नो अनुरोध OutdoorDiningPDX@portlandoregon.gov मा बुझाउनुहोस्। PBOT ले रिफण्ड जारी गर्नुअघि साइट खाली छ भनेर पुष्टि गर्ने छ।
सबै रिफण्ड भुक्तानीहरू पर्मिट आवेदनमा प्रदान गरिएको ठेगानामा पर्मिट होल्डरलाई मात्र छ।
पर्मिट होल्डरले PBOT लाई साइट खाली छ भनेर सूचित गरेको 60 व्यावसायिक दिनभित्र रिफण्ड प्रक्रिया गरिने छ।
आफ्नो स्वीकृत पर्मिट प्राप्त गर्नुहोस्
PBOT कर्मचारीहरूले तपाईंको पर्मिट स्वीकृत गरेपछि, हामीने तपाईंलाई पर्मिटका अवस्था र आवश्यकताहरूसहितको प्रतिलिपि इमेल गर्ने छौँ।
तपाईं मिटर गरिएको जिल्लामा रहेका पार्किङ स्थानहरू प्रयोग गर्दै हुनुहुन्छ भने PBOT पार्किङ प्रवर्तनका अधिकारीहरूले तपाईंका लागि रिजर्भेसन साइनेज वा यन्त्रहरू राख्नु हुने छ। तपाईं मिटर गरिएको जिल्लाबाहिर हुनुहुन्छ भने हामीले तपाईंलाई "नो पार्किङ" सङ्केतहरू इमेल गर्ने छौँ जुन तपाईंले आफैँ राख्न आवश्यक हुने छ। ट्राफिक नियन्त्रण यन्त्रहरू आवश्यक पर्छ।
आउटडोर डाइनिङ पर्मिट्सको सबै प्रयोग राज्य र काउन्टीको सञ्चालन समयसहित कोभिड-19 र व्यवसायहरूसँग सम्बन्धित स्वास्थ्य मार्गनिर्देशनसँग अनुरूप हुनु पर्दछ:
सम्बन्धित पर्मिटहरू
अन्य एजेन्सीहरूलाई नयाँ वा परिवर्तन गरिएको व्यावसायिक प्रयोगहरूका लागि पर्मिटहरू चाहिन्छ। तपाईंको विशिष्ट अवस्थाका लागि पर्मिटहरू आवश्यक हुन सक्छन् भन्नेबारे मार्गनिर्देशनका लागि निम्न एजेन्सीहरूसँग बुझ्नुहोस्:
एजेन्सी | मार्गनिर्देशन |
---|---|
विकास सेवा ब्यूरो (Bureau of Development Services (BDS)) | निजी सम्पत्तिमा प्रयोग वा संरचना परिवर्तन गर्दा पर्मिटहरू आवश्यक पर्न सक्छ। सम्पत्तिमा भेन्डिङ ट्रक, कार्ट र ड्राइभ-अप जस्ता व्यावसायिक आवश्यकताहरू |
मल्टनोमाह काउन्टी | फूड कार्टहरूसहित खाद्यान्न सेवा निरीक्षण र इजाजतपत्र |
फायर मार्शल | ग्यास वा तापको प्रयोगसम्बन्धीपर्मिट र निरीक्षणहरू |
सामुदायिक र नागरिक जीवन कार्यालय, ओरेगन मदिरा नियन्त्रण आयोग(Oregon Liquor Control Commission) | मदिरा इजाजतपत्र कार्यक्रम, जुन प्रायः बाहिरी सेवाका लागि विस्तार गरिनु पर्छ होहल्ला उत्पन्न गर्न सक्ने बाहिरी क्रियाकलापहरूसँग सम्बन्धित होहल्ला नियन्त्रण कार्यक्रम क्यानाबिस कार्यक्रम। क्यानाबिस वा कुनै पनि क्यानाबिस उत्पादन कार्यक्रममा उपस्थित छ भने कृपया पोर्टल्याण्डको क्यानाबिस नीति कार्यक्रमका आवश्यकताहरूको पालना गर्नुहोस् |
पोर्टल्याण्ड पार्कहरू र मनोरञ्जन |