See something we could improve on this page? Give website feedback.
Translate this page
आउटडोर डाइनिङ पर्मिटको संक्षिप्त विवरण
आउटडोर सिटिङ पर्मिटका चार प्रकारहरू उपलब्ध छन्:
साइडवाक क्याफे (Sidewalk Café)
साइडवाक क्याफे (Sidewalk Café) पर्मिट भयो भने पर्मिट होल्डरले व्यवसाय नजिकको फुटपाथ क्षेत्रमा सामानहरू राख्न पाउँछ।
सिजनल स्ट्रिट सिट
सिजनल स्ट्रिट सिट पर्मिट भयो भने पर्मिट होल्डरले पार्किङ स्थलहरूमा सामानहरू राख्न पाउँछ। यस पर्मिटमा प्लेटफर्मको आवश्यकता पर्दैन र सिजनमा नभएको बेला सामानहरू पूरै हटाइनु पर्छ। सिजन चल्ने मिति मे 1 देखि अक्टोबर 31 सम्म हो।
प्लेटफर्मसहितका स्ट्रिट सिटहरू र प्लेटफर्म र रूपसहितको स्ट्रिट सिट
यी वर्षभरिको पर्मिटबाट पर्मिट होल्डरले पार्किङ स्थलहरूमा सामानहरू र कुनै-कुनै अवस्थामा अस्थायी संरचनाहरू राख्न पाउँछ।
आउटडोर डाइनिङ पर्मिट्सका लागि हालका आवश्यकताहरू
PBOT ले स्थानीय व्यवसाय समुदाय र अन्य सरोकारवालाहरूसँग संलग्न भई आउटडोर डाइनिङ पर्मिट्सका लागि डिजाइनसम्बन्धी मार्गनिर्देशनहरू तयार पारेको छ। यी मार्गनिर्देशनहरूले सडक वा फुटपाथका आउटडोर डाइनिङ स्थानहरूमा अपाङ्गता भएका मानिस, आपतकालीन समयमा प्रयोग हुने सवारी साधन, सार्वजनिक ट्रान्जिट र लोडिङ क्षेत्रहरूको पहुँच छ भनी सुनिश्चित गर्ने छन्। यी मार्गनिर्देशनहरूले सडक सुरक्षाका खतराहरूलाई पनि सम्बोधन गर्छन्। यी मार्गनिर्देशनहरूले पर्मिट होल्डरहरूलाई PBOT को नयाँ स्थायी आउटडोर डाइनिङ कार्यक्रमअन्तर्गत अन्ततः के-के आवश्यक हुने छन् भनेर बुझ्नमा मद्दत गर्ने छन्।
यहाँ डिजाइनसम्बन्धी मार्गनिर्देशनहरू हेर्नुहोस्
यहाँ PBOT का बीमा आवश्यकता र मापदण्डहरू, आधारभूत ट्राफिक नियन्त्रण यन्त्रहरू र विक्रेताहरूको आंशिक सूची समावेश भएका हाम्रा अन्य पृष्ठहरू हेर्न सुनिश्चित गर्नुहोस्:
PBOT का बीमा आवश्यकता र मापदण्डहरू
आधारभूत ट्राफिक नियन्त्रण यन्त्र र विक्रेताहरू
डिजाइनसम्बन्धी मार्गनिर्देशनहरूका साथै शुल्कको संरचना अद्यावधिक गरिएको छ र अहिले विद्यमान वार्षिक विकल्पहरूसँगै सिजनल विकल्पको प्रस्ताव गरिन्छ। नयाँ शुल्कको संरचनाले स-साना सञ्चालकहरूका लागि कार्यक्रममा पहुँच बढाउन मद्दत गर्ने छ
छुट प्रक्रिया
स्थापनाहरूले डिजाइनसम्बन्धी मार्गनिर्देशनहरू पूरा नगर्ने आवेदकहरूका लागि छुट प्रक्रिया उपलब्ध छ।
यसबारे थप जान्नका लागि, कृपया यहाँ छुट पृष्ठ हेर्नुहोस्।
आवेदन दिनुअघि व्यवसायहरूले जान्नुपर्ने कुराहरू यहाँ छन्:
- पैदलयात्री र अपाङ्गता भएका मानिसहरूका लागि पहुँच सधैँ व्यवस्थित गर्नु पर्छ। हरेक समय पूरै फुटपाथमा कम्तीमा 6 फुट पैदलयात्री हिँड्ने बाटो हुनु पर्दछ र यस क्षेत्रमा कुनै अवरोध हुनुहुँदैन।
- PBOT ले व्यवसायहरूलाई आवेदन दिनुअघि छिमेकी व्यवसाय र संस्थाहरूसँग मिल्न जोड दिन्छ।
- क्षेत्र व्यापार जिल्ला र संघहरूले बीमा, ट्राफिक नियन्त्रण यन्त्र वा आउटडोर डाइनिङ पर्मिटका अन्य आवश्यकताहरू प्रदान गर्नम मद्दत गर्न सक्छन्।
- वस्तु र उपकरणहरू (ट्राफिक नियन्त्रण यन्त्रहरूसहित) फुटपाथ, सडक, कर्ब, युटिलिटी पोल वा सहरका अन्य पूर्वाधारहरूमा जोड्न वा टाँस्न पाइँदैन। पर्मिट होल्डरहरूले आधिकारिक बाटोको कुनै पनि पूर्वाधार बदल्न पाउँदैनन्।
- आफ्नो स्थापना वरपरको क्षेत्र व्यवस्थित राख्न पर्मिट होल्डरहरू जिम्मेवार छन्। पार्किङ स्थलको प्रयोग भएमा, पर्मिट होल्डरहरूले आवश्यकतानुसार उक्त क्षेत्रको भुइँमा र वरिपरि भएका फोहोर सफा गर्नु पर्दछ।
- व्यवसायहरूले मानिसहरूका लागि ट्रान्जिट स्टपहरूमा उभिन र प्रयोग गर्न सधैँ पहुँछ छ भनी सुनिश्चित गर्नु पर्दछ।
- व्यवसायहरूले सहरका केही पूर्वधार (जस्तै बाइक र्याक, बाइकटाउन स्टेशन, गैर-नियामक सङ्केतहरू, आदि) स्थानान्तर गर्न अनुरोध गर्न सक्छन्। PBOT ले अवस्था हेरेर पर्मिट होल्डरको खर्चमा स्थानान्तरणका लागि अनुमति दिन सक्छ।
सबै सडकहरूमा मानिस र सवारी साधनहरूका लागि छुट्टै बाटो बनाउन गर्न ट्राफिक नियन्त्रण उपकरणको केही संयोजन हुनुपर्ने छ। पार्किङ लेनहरू सामान्यतया 8 फिट फराकिलो हुन्छन्; ट्राफिक नियन्त्रण यन्त्रहरू (कोन, क्यान्डल स्टिक डेलिनिएटर, वेभ डेलिनिएटरहरू) का लागि मात्र छुट्ट्याइएको बाँकी फुटसहित स्थापनाका लागि 7 फिट प्रयोग गर्न मिल्छ।
शुल्कको तालिका
2026 चक्रका लागि आवेदन र पर्मिट शुल्कहरू:
| आवेदनको प्रकार | अनुमति शुल्कहरू |
|---|---|
साइडवाक क्याफे (Sidewalk Café) 12 महिना | आवेदन शुल्क: $450* अनुमति शुल्क: $350* अनुमति क्षेत्रः प्रति रेखीय फुट $10 |
सीजनल स्ट्रिट सिट मेदेखि अक्टोबरसम्म | आवेदन शुल्क: $450* अनुमति शुल्क: $350* अनुमति क्षेत्र: प्रति पार्किङ क्षेत्र $400 |
प्लेटफर्म अन्यूअल सहितको स्ट्रिट सिट 12 महिना | आवेदन शुल्क: $450* अनुमति शुल्क: $350* अनुमति क्षेत्र: प्रति पार्किङ क्षेत्र $750 |
प्लेटफर्म र रूप अन्यूअल सहितको स्ट्रिट सिट 12 महिना | आवेदन शुल्कः $750* अनुमति शुल्क: $350* अनुमति क्षेत्र: प्रति पार्किङ क्षेत्र $1000 |
बीमा समीक्षा शुल्क - $57*
अनुमति परिवर्तन शुल्क - $150*
साइट पुनः निरीक्षण शुल्क्क - $150*
*ARPA कोषमा अनुदान दिइने शुल्कहरूलाई जनाउँछ
आउटडोर डाइनिङ पर्मिट (2026 पर्मिट्स) का लागि कसरी आवेदन दिने
2026 पर्मिटका लागि आवेदन दिन, कृपया यहाँ 2026 आवेदन पृष्ठमा जानुहोस्:
आउटडोर डाइनिङ पर्मिट 2026 चक्रका लागि आवेदन दिनुहोस्
आउटडोर डाइनिङका लागि साना व्यवसाय सहायता कार्यक्रम
साना व्यवसायका मालिकहरूलाई आउटडोर डाइनिङसम्बन्धी नयाँ मार्गनिर्देशनहरूमा समायोजन हुन र अनुपालनाको समर्थन गर्नमा मद्दत गर्नका लागि, PBOT ले योग्य व्यवसायहरूलाई वित्त कोष वितरण गर्न एक वित्तीय सहायता कार्यक्रम बनाएको छ।
यी भुक्तानी हालका स्थापना, नयाँ स्थापना, फर्निचर, प्रकाश, ताप र ट्राफिक नियन्त्रण यन्त्रहरू (कोन, प्लान्टर र ब्यारिकेडहरू) लगायत वर्षभरीका स्ट्रिट सिट स्थापनाहरूका लागि प्रयोग गर्न सकिन्छ।




