पोर्टल्याण्ड आवासीय फोहोरमैलाको दरहरू

लेबल: Information
Portland residential garbage, recycling, and compost collection rates in Nepali.

मानक सेवा

फोहोरमैला

तपाईंको मासिक फोहोर संकलनको शुल्क तपाईंको फोहोरमैला कन्टेनरको आकारमा आधारित छ । तपाईंले आफ्नो आवश्यकता अनुसार सबैभन्दा सुहाउने साइज छनौट गर्न सक्नुहुन्छ । साइजहरू परिवर्तन गर्नको लागि, तपाईंको फोहोरमैला कम्पनीलाई फोन गर्नुहोस् । फोहोरमैला प्रत्येक अर्को हप्तामा संकलन गरिन्छ ।

20-ग्यालन35-ग्यालन60-ग्यालन90-ग्यालन
मासिक शुल्क$38.40$43.80$48.85$55.70
तौलको सिमा60 पाउण्ड85 पाउण्ड135 पाउण्ड175 पाउण्ड

नोट : पोर्टल्याण्डको वेस्टसाइडमा केही घरहरू वेस्टसाइड भूभाग शुल्क क्षेत्रमा पर्छन् ।

रिसाइकल र कम्पोस्ट गर्ने

फोहोरमैलाको शुल्कमा रिसाइकल गर्ने, कम्पोस्ट, र शिशाको रिसाइकल गर्ने समावेश छ ।

रिसाइकल गर्ने
(कागज, धातु, र प्लास्टिक)
कम्पोस्ट
(खाना र आँगनको फोहोर)
शिशा
कन्टेनर60-ग्यालनको निलो रोल कार्ट60-ग्यालनको हरियो रोल कार्ट15-ग्यालनको पहेंलो बीन
तौलको सिमा135 पाउण्ड135 पाउण्ड35 पाउण्ड

थप सेवाहरू

यदि तपाईं घर वा अपार्टमेन्ट भाडामा लिनुहुन्छ भने, थप वस्तुहरू सेट गर्नुभन्दा पहिले आफ्नो प्रपर्टीको म्यानेजरलाई सोध्नुहोस् ।

अतिरिक्त फोहोरमैलाअतिरिक्त आँगनको फोहोरमैलाबिदाको रुख
शुल्क$7.00 प्रति ब्याग वा क्यान$4.25 प्रति ब्याग वा क्यान$5.45 प्रति रुख
तौल / आकारको सिमा32-ग्यालन / 40 पाउण्ड30-ग्यालन कागज आँगनको फोहोर राख्ने ब्याग / 40 पाउण्डअधिकतम उँचाई 6 फीट
निर्देशनहरूतपाईंको फोहोरमैला संकलनको दिनमा तपाईंको फोहोरमैलाको बीनको छेउमा सेट गर्नुहोस् ।तपाईंको हरियो कम्पोस्ट बीनको छेउमा सेट गर्नुहोस् ।तपाईंको हरियो कम्पोस्ट बीनको छेउमा सेट गर्नुहोस् ।

ठूलो, भारी वस्तुहरू : शुल्क अनुमान गर्नको लागि फोन गर्नुहोस्
तपाईंको फोहोरमैला कम्पनीलाई शुल्क अनुमान गर्न र पिकअप मितिको लागि कर्बमा सेट गर्नु अघि फोन गर्नुहोस् । शुल्क वस्तुको आकारमा निर्भर गर्छ । शहरले ठूलो वस्तुको पिकअपको लागि दरहरू सेट गर्दैन । ठूला वस्तुहरूको डिस्पोजल र दानका विकल्पहरूको लागि, 503-234-3000 मा सम्पर्क गर्नुहोस् वा www.oregonmetro.gov/findarecycler मा जानुहोस् ।

सबै उपलब्ध सेवाहरूको लागि दरहरू

कलमा सेवा, सानाप्लेक्सहरू (2-4 वटा आवासीय ईकाईहरू) र विशेष अनुरोधहरू सहित सबै उपलब्ध फोहोरमैला, रिसाइकल गर्ने र कम्पोस्ट सेवाहरूको दरहरू पत्ता लगाउनको लागि

वेस्टसाइड भूभाग क्षेत्र: कम सडकहरू जोडिएका, ठूला लटहरू, र साँघुरो, हावाहुरी लाग्ने पोर्टल्याण्डकाका पहाडी वेस्टसाइडले फोहोरमैला संकलन, रिसाइकल गर्ने, र कम्पोस्ट बनाउने लागत बढाउने भएकोले वेस्टसाइड भूभागमा शुल्क लागू हुन्छ । सम्पत्ति वेस्टसाइड भूभाग क्षेत्र भित्र छ कि छैन भनेर निर्धारण गर्नको लागि, www.portlandmaps.com मा ठेगाना हेर्नुहोस् : फोहोरमैला र रिसाइकलिंग खण्डमा ("उपयोगिता" अन्तर्गत), तपाईंले "हो" वा "होइन" ले पच्छ्याएर "वेस्टसाइड भूभाग क्षेत्र ?" देख्नुहुनेछ

दरहरू कसरी निर्धारण गरिन्छ

प्रत्येक वर्ष योजना र दिगोपनाको ब्यूरोले फ्रेन्चाइज गरिएका फोहोरमैला र रिसाइकल गर्ने कम्पनीहरूलाई आवासीय फोहोरमैला, रिसाइकल गर्ने र कम्पोस्ट संकलनको लागि शुल्क लिन उचित र न्यायसंगत दरहरू स्थापना गर्नको लागि दरको समीक्षा गर्छ ।

दर समीक्षामा अर्थशास्त्री र स्वतन्त्र प्रमाणित व्यावसायिक लेखापाल (CPA) द्वारा विश्लेषण समावेश छ । सेवा प्रदान गर्ने शुल्क निर्धारण गर्नको लागि, योजना र दिगोपनाको ब्यूरोले श्रम, उपकरण र ईन्धन शुल्क, प्रत्येक क्यानको आकारमा फोहोरमैलाको औसत तौल, ठोस फोहोरमैलाको डिस्पोज गर्ने शुल्कहरू र रिसाइकल गर्न मिल्नेहरूको बजार मुल्य र छाँट्ने शुल्क सहित विभिन्न कारकहरूको मूल्यांकन गर्छ ।

सार्वजनिक सुनुवाईमा योजना र दिगोपना आयोगद्वारा प्रस्तावित दरहरूको समीक्षा गरिन्छ । अन्त्यमा, समीक्षा गर्न र अंगीकार गर्नको लागि दरहरूलाई शहरी परिषदमा प्रस्तुत गरिन्छ ।

Back to top