पोर्टल्याण्ड आवासीय फोहोरमैलाको दरहरू

Information
Portland residential garbage, recycling, and compost collection rates in Nepali.
On this page

मानक सेवा

जुलाई 1, 2023 देखि दर प्रभावकारी हुने

फोहोरमैला

तपाईंको मासिक फोहोर संकलनको शुल्क तपाईंको फोहोरमैला कन्टेनरको आकारमा आधारित छ । तपाईंले आफ्नो आवश्यकता अनुसार सबैभन्दा सुहाउने साइज छनौट गर्न सक्नुहुन्छ । साइजहरू परिवर्तन गर्नको लागि, तपाईंको फोहोरमैला कम्पनीलाई फोन गर्नुहोस् । फोहोरमैला प्रत्येक अर्को हप्तामा संकलन गरिन्छ ।

4 garbage cart sizes showing how many garbage bags fit in each - 2, 3, 4, and 5.
20-ग्यालन35-ग्यालन60-ग्यालन90-ग्यालन
मासिक शुल्क

$33.95

$39.00

$43.55

$49.90

तौलको सिमा

60 पाउण्ड

85 पाउण्ड

135 पाउण्ड

175 पाउण्ड

नोट : पोर्टल्याण्डको वेस्टसाइडमा केही घरहरू वेस्टसाइड भूभाग शुल्क क्षेत्रमा पर्छन् ।

रिसाइकल र कम्पोस्ट गर्ने

फोहोरमैलाको शुल्कमा रिसाइकल गर्ने, कम्पोस्ट, र शिशाको रिसाइकल गर्ने समावेश छ ।

रिसाइकल गर्ने
(कागज, धातु, र प्लास्टिक)
कम्पोस्ट
(खाना र आँगनको फोहोर)
शिशा
कन्टेनर

60-ग्यालनको निलो रोल कार्ट

60-ग्यालनको हरियो रोल कार्ट

35-ग्यालनको पहेंलो बीन

तौलको सिमा

135 पाउण्ड

135 पाउण्ड

35 पाउण्ड

थप सेवाहरू

यदि तपाईं घर वा अपार्टमेन्ट भाडामा लिनुहुन्छ भने, थप वस्तुहरू सेट गर्नुभन्दा पहिले आफ्नो प्रपर्टीको म्यानेजरलाई सोध्नुहोस् ।

A black garbage bag sits next to a black garbage bin, a paper yard waste bag sits next to a green compost bin, and a holiday tree leans against a green compost bin.
अतिरिक्त फोहोरमैलाअतिरिक्त आँगनको फोहोरमैलाबिदाको रुख
शुल्क

$5.85 प्रति ब्याग वा क्यान

$3.95 प्रति ब्याग वा क्यान

$5.25 प्रति रुख

तौल / आकारको सिमा

32-ग्यालन / 55 पाउण्ड

32-ग्यालन कागज आँगनको फोहोर राख्ने ब्याग / 45 पाउण्ड

अधिकतम उँचाई 6 फीट

निर्देशनहरू

तपाईंको फोहोरमैला संकलनको दिनमा तपाईंको फोहोरमैलाको बीनको छेउमा सेट गर्नुहोस् ।

तपाईंको हरियो कम्पोस्ट बीनको छेउमा सेट गर्नुहोस् ।

तपाईंको हरियो कम्पोस्ट बीनको छेउमा सेट गर्नुहोस् ।

ठूलो, भारी वस्तुहरू : शुल्क अनुमान गर्नको लागि फोन गर्नुहोस्
तपाईंको फोहोरमैला कम्पनीलाई शुल्क अनुमान गर्न र पिकअप मितिको लागि कर्बमा सेट गर्नु अघि फोन गर्नुहोस् । शुल्क वस्तुको आकारमा निर्भर गर्छ । शहरले ठूलो वस्तुको पिकअपको लागि दरहरू सेट गर्दैन । ठूला वस्तुहरूको डिस्पोजल र दानका विकल्पहरूको लागि, 503-234-3000 मा सम्पर्क गर्नुहोस् वा www.oregonmetro.gov/findarecycler मा जानुहोस् ।

सबै उपलब्ध सेवाहरूको लागि दरहरू

कलमा सेवा, सानाप्लेक्सहरू (2-4 वटा आवासीय ईकाईहरू) र विशेष अनुरोधहरू सहित सबै उपलब्ध फोहोरमैला, रिसाइकल गर्ने र कम्पोस्ट सेवाहरूको दरहरू पत्ता लगाउनको लागि

वेस्टसाइड भूभाग क्षेत्र: कम सडकहरू जोडिएका, ठूला लटहरू, र साँघुरो, हावाहुरी लाग्ने पोर्टल्याण्डकाका पहाडी वेस्टसाइडले फोहोरमैला संकलन, रिसाइकल गर्ने, र कम्पोस्ट बनाउने लागत बढाउने भएकोले वेस्टसाइड भूभागमा शुल्क लागू हुन्छ । सम्पत्ति वेस्टसाइड भूभाग क्षेत्र भित्र छ कि छैन भनेर निर्धारण गर्नको लागि, www.portlandmaps.com मा ठेगाना हेर्नुहोस् : फोहोरमैला र रिसाइकलिंग खण्डमा ("उपयोगिता" अन्तर्गत), तपाईंले "हो" वा "होइन" ले पच्छ्याएर "वेस्टसाइड भूभाग क्षेत्र ?" देख्नुहुनेछ

दरहरू कसरी निर्धारण गरिन्छ

प्रत्येक वर्ष योजना र दिगोपनाको ब्यूरोले फ्रेन्चाइज गरिएका फोहोरमैला र रिसाइकल गर्ने कम्पनीहरूलाई आवासीय फोहोरमैला, रिसाइकल गर्ने र कम्पोस्ट संकलनको लागि शुल्क लिन उचित र न्यायसंगत दरहरू स्थापना गर्नको लागि दरको समीक्षा गर्छ ।

दर समीक्षामा अर्थशास्त्री र स्वतन्त्र प्रमाणित व्यावसायिक लेखापाल (CPA) द्वारा विश्लेषण समावेश छ । सेवा प्रदान गर्ने शुल्क निर्धारण गर्नको लागि, योजना र दिगोपनाको ब्यूरोले श्रम, उपकरण र ईन्धन शुल्क, प्रत्येक क्यानको आकारमा फोहोरमैलाको औसत तौल, ठोस फोहोरमैलाको डिस्पोज गर्ने शुल्कहरू र रिसाइकल गर्न मिल्नेहरूको बजार मुल्य र छाँट्ने शुल्क सहित विभिन्न कारकहरूको मूल्यांकन गर्छ ।

सार्वजनिक सुनुवाईमा योजना र दिगोपना आयोगद्वारा प्रस्तावित दरहरूको समीक्षा गरिन्छ । अन्त्यमा, समीक्षा गर्न र अंगीकार गर्नको लागि दरहरूलाई शहरी परिषदमा प्रस्तुत गरिन्छ ।