Translate this Page
एकल-परिवार आवासीय सम्पत्तिहरूको लागि नयाँ स्टर्मवाटर दरको श्रेणीहरू
विगतमा, Environmental Services ले सबै घरहरूलाई स्टर्मवाटर सेवाहरूको लागि समान दरमा बिल गरे। कुनै पनि सम्पत्तिको stormwater billable area (स्टर्मवाटर बिल योग्य क्षेत्र) (छत, आँगन, ड्राइभवे, आदि) को पर्वाह नगरी, सबै सेवाग्राहीहरूसँग 2,400 वर्ग फुट स्टर्मवाटर बिलयोग्य क्षेत्रको प्रयोग गर्ने गणनाको आधारमा स्टर्मवाटर सेवाहरूको लागि शुल्क लिइयो। यसको मतलब यो हो कि ठूलो मात्रामा स्टर्मवाटरको बिल योग्य क्षेत्र भएका घरहरूलाई कम स्टर्मवाटर भएका घरहरू समान बिल दिइएको थियो, यद्यपि विभिन्न आकारका सम्पत्तिको सेवाको लागत समान छैनन्।
Environmental Services यसले फ्ल्याट दर समाप्त गरिरहेको र स्टर्मवाटरको लागि एकल परिवार आवासीय सम्पत्तिको बिलिङको लागि नयाँ संरचना लागू गर्दैछ। नयाँ दर संरचना अन्तर्गत, एकल परिवारको आवासीय सम्पत्तिहरूलाई त्यस सम्पत्तिमा स्टर्मवाटर बिल योग्य क्षेत्रको मात्राको आधारमा साना, मानक वा ठूला श्रेणीहरूमा राखिनेछ। साना श्रेणीका सम्पत्तिहरूलाई कम शुल्क लगाइनेछ। ठूला श्रेणीका सम्पत्तिहरूलाई बढी शुल्क लगाइनेछ। मानक श्रेणी हालको एकमुस्ट दरको समान छ।
अधिकांश आवासीय सेवाग्राहीहरू (लगभग 60%) मानक श्रेणीमा रहनेछन्। अर्को 25% लाई सानो स्टर्मवाटर बिल योग्य क्षेत्रको श्रेणीमा राखिनेछ। ठूला श्रेणीका सम्पत्ति भएका सेवाग्राहीहरू (लगभग १५% एकल-पारिवार भएका सेवाग्राहीहरू) ले उनीहरूलाई सेवा प्रदान गर्ने लागतसँग मेल खाने बिलहरू बढेको देख्नेछन्।
कृपया ध्यान दिनुहोस्: हरेक घरको खास किसिमको विशेषता हुन्छ। त्यसैले सही तथ्याङ्क दिन सम्भव छैन। सूचीमा देखाइएका रकमहरू एउटा उदाहरण हुन्। यसले सामान्य एकल-परिवारको आवासीय खाताको बिललाई प्रतिबिम्बित गर्छ। हरेक बिलमा भएको निश्चित रकम घरको विशेषता र हरेक घरपरिवारले प्रयोग गरेको पानीको मात्रामा निर्भर हुने छ।
सानो श्रेणी 1,500 वर्ग फिट वा कम स्टर्मवाटर बिल योग्य क्षेत्र।
| मानक श्रेणी 1,501 र 2,700 वर्ग फुट स्टर्मवाटर बिल योग्य क्षेत्र।
| ठूलो श्रेणी 2,701 वर्ग फुट वा सोभन्दा बढी स्टर्मवाटर बिल योग्य क्षेत्र।
|
*तीन वा सोभन्दा बढी छुट्टाछुट्टै मिटर भएको एकल परिवार बसोबास बस्ने घरहरू एउटा कर लटमा भएमा सिटीले हरेक बसोबास गर्ने घरबाट 1,000 वर्ग फिट प्रति युनिट रकम लिने छ। छुट्टाछुट्टै मिटर भएको हरेक ग्राहकले प्रति 90 दिनको आफ्नो बिलको वर्षाको पानी व्यवस्थापनको भागमा $37.66 घटेको देख्ने छ।
तपाईंलाई आफूलाई तोकिएको कोटी फरक हुनु पर्छ भन्ने लागेमा तपाईं आफ्नो कोटीमा परिवर्तन गर्न भनी अनुरोध गर्न सक्नुहुन्छ।
नयाँ स्टर्मवाटर बिलिङ विधि
Environmental Services अब उप्रान्त “on-site” (साइटमा) र “off-site” (अफ-साइट) स्टर्मवाटर शुल्कहरू प्रयोग गर्ने छैन। यसको सट्टा, तपाईंलाई “स्टर्मवाटर बिल योग्य क्षेत्र” र “service units” (सेवा इकाइहरू) को संयोजन प्रयोग गरेर बिल दिइनेछ। यसले सेवाग्राहीलाई सेवा दिने लागतको आधारमा प्रत्येक सेवाग्राहीलाई Environmental Services ले थप सटीक रूपमा बिलिङ गरिरहेको छ भनी सुनिश्चित गर्न मद्दत गर्नेछ, साथै देशभरका अन्य ढल र स्टर्मवाटरका उपयोगिता अनुरुप Environmental Services’ बिलिङ अभ्यासहरू ल्याउनेछ।
स्टर्मवाटर बिल गर्न योग्य क्षेत्र
स्टर्मवाटर बिल योग्य क्षेत्र सम्पत्तीको विकसित क्षेत्र हो। विकासले स्टर्मवाटरलाई प्राकृतिक रूपमा बग्न वा जमिनमा भिज्नबाट रोक्छ। यसमा छाना, छिद्रपूर्ण फुटपाथ, आँगन र ड्राइभवे जस्ता क्षेत्रहरू समावेश छन्। कृपया ध्यान दिनुहोस्: तैरिरहेका घरहरूघरहरू र तट (डक) हरू जस्ता पानी माथिका संरचनाहरूलाई स्टर्मवाटर बिल योग्य क्षेत्रको रूपमा समावेश गरिएको छैन।
म वर्षाको पानी व्यवस्थापन गर्न पैसा तिर्नु पर्ने क्षेत्रको हिसाब कसरी गर्न सक्छु?
टेपले मापन प्रयोग गरेर फिटअनुसार आफ्नो घरको वर्षाको पानी व्यवस्थापन गर्न पैसा तिर्नु पर्ने क्षेत्रको लम्बाइ र चौडाइ पत्ता लगाउनुहोस्। तपाईं वर्षाको पानी व्यवस्थापन गर्न पैसा तिर्नु पर्ने क्षेत्र मापन गर्ने टुल पनि प्रयोग गर्न सक्नुहुन्छ।
त्यसपछि, वर्षाको पानी व्यवस्थापन गर्न पैसा तिर्नु पर्ने आफ्नो कुल क्षेत्र पत्ता लगाउन आफ्नो वर्षाको पानी व्यवस्थापन गर्न पैसा तिर्नु पर्ने क्षेत्रका सबै सुविधाहरू हाल्नुहोस्।
- मुख्य घर: 35 ft x 35 ft = 1,275 sq ft (क्षेत्रको 1,225 sq ft + 50 sq ft)
- अलग ग्यारेज/कारपोर्ट: 25 ft x 16 ft = 400 sq ft
- टहरो: 15 ft x 10 ft = 150 sq ft
- ड्राइभवे: 30 ft x 10 ft = 300 sq ft
- हिँड्ने बाटो (ढुङ्गा ओछ्याइएको बाटो): 48 ft x 1 ft = 48 sq ft
- हिँड्ने बाटो (पक्की बाटो): 41 ft x 2 ft = 82 sq ft
- गोलो आँगन: π x 102 ft = 314 sq ft
मापन गरिएको वर्षाको पानी व्यवस्थापन गर्न पैसा तिर्नु पर्ने कुल क्षेत्र = 2,569 sq ft
यो कार्यपत्र तपाईंको घरको वर्षाको पानी व्यवस्थापन गर्न पैसा तिर्नु पर्ने क्षेत्र मापन गर्न मद्दत गर्न पनि प्रयोग गर्न सकिन्छ।
स्टर्मवाटर सेवा इकाईहरू
स्टर्मवाटर सेवा इकाईले सम्पत्तीमा बस्ने इकाईहरूको संख्यालाई जनाउँछ। एकल-परिवार आवासीय सम्पत्ती (ADU हरू, डुप्लेक्स, ट्रिप्लेक्स र फोर-प्लेक्सहरू सहित) भएका सेवाग्राहीहरूलाई सम्पत्तीमा आवासीय इकाईहरूको संख्याको आधारमा बिल पठाइनेछ।
एक भन्दा बढी आवासीय इकाई (ADU हरू, डुप्लेक्स, ट्रिप्लेक्स, र क्वाडप्लेक्सहरू) भएका आवासीय सम्पत्तीहरू
एक भन्दा बढी आवास भएका आवासीय सम्पत्तीहरूलाई स्टर्मवाटर बिल योग्य क्षेत्रको लागि प्रति इकाई फ्ल्याट दरमा बिल पठाउन जारी राखिनेछ। तिनीहरूको सम्पत्तीमा आवास इकाईहरू (सेवा इकाईहरू) को संख्याको आधारमा पनि बिल पठाइनेछ। तीन वा सोभन्दा बढी सेवा इकाई भएका सम्पत्तीहरूको बिल प्रति इकाई अलि कम दरमा पठाइनेछ। चार भन्दा बढी आवास इकाई भएको सम्पत्ती वा मिश्रित-प्रयोग हुने सम्पत्तीहरू बारे जानकारीको लागि, कृपया बहु-पारिवार र मिश्रित-प्रयोग हुने सम्पत्तीको जानकारी वेबपेजमा जानुहोस्।
विस्तारित Clean River Rewards योग्यता
ADU हरू र चार-प्लेक्ससम्म सहित घरहरू भएका सम्पत्तीहरू आवासीय सम्पत्तीहरूको लागि विस्तारित तथा सरलीकृत Clean River Rewards छूट कार्यक्रमका लागि योग्य हुन सक्छन्। Clean River Rewards ले तपाईंको स्टर्मवाटर शुल्कमा 35 प्रतिशतसम्म छूट प्रदान गर्दछ। आफ्नो सम्पत्तीमा आफ्नो सम्पत्तिको केही वा सबै स्टर्मवाटरको बहावलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने सेवाग्राहीहरूले आफ्नो स्टर्मवाटर शुल्कमा छुटको लागि दर्ता गर्न सक्छन्।
यदि तपाईं हाल Clean River Rewards मा सहभागी हुनुहुन्छ भने तपाईंले यस संक्रमण (ट्रान्जिसन) मा आफ्नो छुट कायम राख्न कुनै पनि कदम चाल्न आवश्यक छैन। तपाईंको हालको छुट स्वतः रूपमा नयाँ छुट गणनामा रूपान्तरण हुनेछ।
बिलमा छुट देखाउने तरिका परिवर्तन हुनेछ, तर छुटको मूल्य परिवर्तन हुनेछैन। यो छुट साइटमा स्टर्मवाटर शुल्कहरूको प्रतिशतको रूपमा देखाइनेदेखि सबै स्टर्मवाटर शुल्कहरूको प्रतिशतको रूपमा देखाइनेसम्म रहनेछ।कार्यक्रमको अधिकतम छुट अहिले ३५ प्रतिशत छ, जुन साइटमा लाग्ने शुल्कको १०० प्रतिशत बराबर छ।यदि तपाईं स्टर्मवाटर छुट कार्यक्रममा सहभागी हुनुहुन्न भने, कसरी सहभागी हुने भन्ने बारे थप जानकारी खोज्नुहोस्।
स्यानिटरी ढल दरहरूमा परिवर्तन
सेनेटरी ढल शुल्कको बिल लगाइने तरिका अपरिवर्तित रहनेछ र तपाईंको बिलमा फरक देखिने छैन। यद्यपि, हामी दरहरू समायोजन गर्दैछौं ताकि तपाईंको बिलको ठूलो हिस्सा स्टर्मवाटर सेवाहरूमा जान्छ र सानो हिस्सा सेनेटरी ढल सेवाहरूमा जान्छ। आवासीय सेवाग्राहीहरूले आफ्नो सेनेटरी ढल दरमा कमी आएको देख्नेछन् जबकि गैर-आवासीय सेवाग्राहीहरूले आफ्ना सेनेटरी ढल दरमा थोरै वृद्धि भएको देख्नेछन्।