important alert
State closes I-5 southbound at Rose Quarter for 5 weeks starting Sept. 11

Plan for major delays. More at i5rosequarter.org. Visit Shift Your Trip to keep Portland moving.

informational alert
Portland is a Sanctuary City

BPS बाट अपाङ्गता पहुँच, भाषा व्याख्या, वा अनुवादका लागि अनुरोध गर्नुहोस् (Nepali)

Label: Information
योजना र दिगोपन ब्यूरोबाट कार्यक्रम तथा प्रस्तावहरू तपाईंको लागि अझ सुलभ बनाउन निःशुल्क सेवाहरू अनुरोध गर्न हामीलाई सम्पर्क गर्नुहोस्।
यसमा भाषा अनुवाद र अपाङ्गता भएका अमेरिकीहरू (ADA) आवास समावेश छन् ।

योजना र दिगोपन ब्यूरो हाम्रो सेवाहरु, कार्यक्रमहरु र क्रियाकलापहरु बहुभाषी वा अपांगता भएका मानिसहरूलाई सुलभ बनाउन प्रतिबद्ध छ।  

पहुँच अनुरोध गर्न हामीलाई सम्पर्क गर्नुहोस्

अनुवाद, व्याख्या, वा अपाङ्गता पहुँच सेवाहरूका लागि अनुरोध गर्न, कृपया  311 (रिले:  711)लाई सम्पर्क गर्नुहोस्।

अपाङ्गता पहुँच सेवाहरू

हामी अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता नभएका मानिसहरूले जस्तै प्रभावकारी ढंगले सूचना प्राप्त गर्न र सञ्चार गर्न सक्षम भएको सुनिश्चित गर्न प्रतिबद्ध छौं। यसमा शारीरिक, ज्ञानी, बोलीचाली, श्रवण शक्ति र/वा दृश्यअपाङ्गताहरू समावेश छन् तर यसमा मात्र सीमित छैन। 

तपाईंलाई के चाहिन्छ, हामीलाई बताउनुहोस् र तपाईंलाई कुनै शुल्क नतिर्नुपरोस गरिने गरी काम गर्नेछौं। 

हामीले प्रदान गर्न सक्ने सहायता तथा सेवाहरूका केही उदाहरणहरू यस प्रकार छन्:  

  • अर्को ढाँचामा सामाग्रीहरू
  • एक जना अमेरिकी साङ्केतिक भाषा (ASL) अनुवादक
  • नीति वा प्रक्रियामा परिवर्तन

वा अन्य अपाङ्गता सँग सम्बन्धित संशोधनहरू ताकि तपाईं वा तपाईंलाई थाहा भएको व्यक्तिले कार्यक्रम वा सेवामा पूर्ण पहुँच प्राप्त गर्न सकोस्

नीति र प्रक्रियामा उचित परिमार्जनका लागि अनुरोधका थप उदाहरणहरू फेला पार्नुहोस्।

भाषा पहुँच सेवाहरू

अनुरोध गरिएको कुनै पनि भाषामा सबै पोर्टल्यान्डवासीहरूलाई जानकारी दिन हामी प्रतिबद्ध छौं।

फोनमा भाषा व्याख्या

हामी नि:शुल्क अनुवादक उपलब्ध गराउने छौँ। जब तपाईं हामीलाई फोन गर्नुहुन्छ, कृपया तपाईंलाई आवश्यक भाषाको नाम भन्नुहोस्, र हामी एक जना अनुवादकलाई फोन मार्फत सामेल गर्नेछौँ। अनुवादकलाई फोन गर्न केही मिनेट लाग्न सक्छ, त्यसैले कृपया फोन नराख्नुहोस्।

तपाईँले हामीलाई एक जना अनुवादकसँग फोन अनुरोध गर्न पनि इमेल गर्न सक्नुहुन्छ र हामी तपाईँलाई फोन गर्ने समय मिलाउनेछौं।

कार्यक्रममा भाषा व्याख्या

हामी नि:शुल्क अनुवादक उपलब्ध गराउने छौँ। यदि तपाईंलाई कुनै कार्यक्रमको लागि अनुवादकको आवश्यकता पर्दछ भने, कृपया हामीलाई सकेसम्म चाँडै बताउनुहोस्। यदि हामीसँग पाँच वा त्योभन्दा बढी व्यापारिक दिनको सूचना छ भने हामीसँग उपलब्ध अनुवादक फेला पार्ने सर्वोत्तम मौका छ। तथापि, घटना जतिसुकै चाँडो भए तापनि कृपया अनुरोध गर्नुहोस् र हामी यथाशक्य प्रयास गर्नेछौं।

अनुवाद गरिएका सामाग्रीहरू

हामी अनुरोधमा कुनै पनि जानकारीको अनुवाद उपलब्ध गराउन सक्छौं। तपाईंलाई जतिसक्दो चाँडो अनुवाद गरिएको जानकारी प्राप्त गर्न हामी यथाशक्य प्रयास गर्नेछौं तर यसको लागि दुई हप्ता सम्म लाग्न सक्छ। तपाईंको अनुरोध जरुरी छ कि छैन कृपया हामीलाई बताउनुहोस्।

नागरिक अधिकार शिर्षक छैठौं र ADA शीर्षक द्वितीयको जानकारी

यो पोर्टल्याण्ड शहरको नीति हो कि कुनै पनि व्यक्तिलाई जाति, रंग, राष्ट्रिय उत्पत्ति, अपाङ्गता वा अन्य संरक्षित वर्ग स्थितिको आधारमा भेदभावको लागि कुनै पनि शहरी कार्यक्रम, सेवा वा क्रियाकलापमा भाग लिनबाट बहिष्कार गरिने छैन वा फाइदा लिन वाट रोकिने छैन।

नागरिक अधिकार शीर्षक छैठौंADA शीर्षक द्वितीय नागरिक अधिकार कानूनहरूको पालना गर्दै, पोर्टल्याण्ड शहरले शहरका कार्यक्रमहरू, सेवाहरू, र क्रियाकलापहरु को सार्थक पहुँच यथोचित प्रदान गरेर सुनिश्चित गर्दछ: अनुवाद र व्याख्या, परिमार्जन, आवास, वैकल्पिक ढाँचा, र सहायक सहायक र सेवाहरू प्रदान गरेर।   

Back to top